कोरोना भाइरस : इटालीभन्दा पनि अमेरिकामा धेरै संक्रमित

अमेरिकामा दिनदिनै कोरोना भाइरस संक्रमित बढिरहेका छन्। जोह्न्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वका सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन्।

चीनपछि इटालीमा सबैभन्दा धेरै संक्रमित थिए। तर, पछिल्लो रेकर्डअनुसार अमेरिकामा ८५ हजार ५० भन्दा धेरै संक्रमित भइसकेका छन्। जब कि भाइरसको उद्गमस्थल मानिएको चीनमा ८१ हजार ७ सय ८२ र इटालीमा ८० हजार ५ सय ८९ संक्रमित छन्।

तर, मृत्युदर भने अमेरिकामा कम छ। अहिलेसम्म १ हजार ३ सय संक्रमितको मृत्यु भएको छ। चीनमा ३ हवार २ सय ९१ र इटालीमा सबैभन्दा धेरै ८ हजार २ सय १५जनाको मृत्यु भएको छ।

यसबारेमा ह्वाइट हाउसमा भएको एउटा प्रेस कम्फ्रेन्समा राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए ‘परीक्षणलाई अझैं बढाइरहेका छौं।’
उपराष्ट्रपति माइक पेन्सका अनुसार ५० राज्यमा परीक्षण निकै तीव्रगतिमा भइरहेको र करिब ५ लाख ५२ हजार मानिसको परीक्षण भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय