‘मुटुको चालमा समस्या’ भएपछि प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना

हेल्थपाेस्ट/काठमाडाैँ
प्रकाशित
२०७६ चैत १४ गते ८:३३

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियाक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। मुटुमा केही समस्या भएपछि ओलीलाई राति नै अस्पताल लगिएको हो।

ओलीको मुटुको चाल केही बढेपछि तत्कालै अस्पताल लगिएको पुष्टि प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले गरेकी छिन्। ओलीलाई अहिले अब्जर्भेसनमा राखेर उपचार गरिँदै छ।

सिंहका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनले प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने र बालुवाटार लैजाने बताइन्।

ओलीको गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका ओली सोही दिनदेखि नियमित काममा फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय