किटनाशक औषधि छर्किने काम तीव्र पार्दै महानगर

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत १३ गते १८:४८

सार्वजनिक स्थललाई किटाणुमुक्त बनाउन काठमाडौं महानगरले औषधि छर्किने काम तीव्र पार्दै लगेको छ।

विश्वभर कोरोना भाइरस सस्ंक्रमणको महामारी फैलिरहेको समयमा नेपालमा समेत यसको प्रभाव परेको छ। तीन जनामा नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरले सार्वजनिक स्थलहरमा औषधि छर्किन सुरु गरेको छ।

‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न महानगरले सार्वजनिक स्थलहरूमा औषधि छर्किने योजना बनाएको हो’, काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने, ‘भाइरस रोकथाम तथा नियन्त्रणका लागि महानगरले औषधि छर्किने कामलाई निरन्तरता दिएको हो।’

महानगरका बाहिरी सडकका साथै भित्रि सडक तथा सार्वजनिक स्थलहरू औषधि छर्किरहेको महानगरले जानकारी दिएको छ।

बिहीबार बिहान ३ वटा जेटले औषधि छरेको महानगरपालिकाका वातावरण विभाग प्रमख हरीकृष्ण श्रेष्ठले जानकारी दिए।

‘बिहीबार बबरमहल, बानेश्वर तीनकुने र सिनामंगल लगायतका स्थानमा औषधि छर्केका छौं। लक डाउनको अवधिभर महानगरले किटनासक औषधि छर्कने कामलाई निरन्तता दिन्छ’, श्रेष्टले भने, ‘कोरोना भाइरस संक्रमणबाट बच्न तथा किटाणु फैलिन नदिन औषधि छर्किरहेका छौं।’

महानगरले त्रिपुरेश्वर, विमानस्थ, न्युरो अस्पताल, बसन्तपुर न्युरोड, जमल लाजिम्पाट, रानीपोखरी तथा महाराजगञ्ज आसपसका क्षेत्रहरुमा औषधि छर्किसकेको बताएको छ।

पानीमा क्लोरीनको मात्रा राखेर महानगरले औषधिको रुपमा छर्किरहेको छ। बुधबार मात्रै महानगरले ४० हजर लिटर पानीमा १ सय ४० लिटर क्लोरीन राखेर रार्वजनिक स्थालमा छर्किएको वातावरण विभाग प्रमुखले जानकारी दिए।

महानगरभित्रका बाक्लो बस्ती भएका क्षेत्र, भिडभाड बढी हुने स्थान तथा अस्पताल परिसरलाई प्राथमिकतामा राख्दै औषधि छर्किने कामलाई महानगरभरि भइरहेको श्रेष्ठले जानकारी दिए।

पानीमा क्लोरीनको मात्रा राखेर औषधि छर्किने मात्र नभई महागरले ब्रुमरको प्रयोगले सडक सफा गरी पानीले पखाल्ने कामसमेत गरिरहेको छ।

बुधबार महानगरले भाइरसबाट बच्न तथा भाइरसको रोकथामका लागि भन्दै टेकु अस्पतालसहितका भित्रि सहर असन, इनद्रचोक, कालीमाटी लगायतका स्थानमा किटनासक औषधि छर्किएको थियो।

वातावरण विभाग प्रमुख श्रेष्ठले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै महानगरले अत्यावश्यक स्थानहरूमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिने जानकारी दिएका छन्।

हालसम्म नेपालमा तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ जसमध्ये एक जना चीनबाट नेपाल फर्किएका विद्यार्थी उपचारपछि घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय