संक्रमित भेटिएका उडानबाट आएका अधिकांश सार्वजनिक सवारीबाट गाउँगाउँमा

कोरोना भाइरसको दोस्रो र तेस्रो संक्रमित रहेका उडानबाट नेपाल आएका अधिकांश मानिस सार्वजनिक बस तथा हवाईजहाजबाट घर गएको भेटिएको छ।

पहिलोपटक फ्रन्सबाट आएकी युवती कतार एयरवेजबाट नेपाल आएको र युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएका युवा चढेको एयर अरेबियाको जहाजमा रहेकाको सम्पर्कमा आएका व्यक्तिको खोजी (कन्ट्रयाक्ट ट्रेसिङ) का क्रममा उक्त तथ्य भेटिएको हो। यो आधारमा उनीहरू गएको यातायातका साधनसमेत पहिचान गरेर त्यसपछि पनि थप खोजी गर्न जटिल हुने देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले विभागअन्तर्गत छुट्टै समूह खटाएर संक्रमितको सम्पर्कमा आएकाहररूको खोजी गर्ने र सेल्फ क्वारेन्टाइनको तरिका र लक्षण देखिए गर्नुपर्ने विषयसमेत सम्झाइरहेको जानकारी दिए।

नेपालमा दोस्रो संक्रमण भेटिएकी १९ वर्षे युवतीसँगै आएकामध्ये अधिकांश गाउँमा पुगेको र तिनीहरूले सार्वजनिक यातायातबाट गाउँ गएको भेटिएको मन्त्रालय स्रोतले जनाएको छ।

‘अधिकांश त माइक्रो, सार्वजनिक बसबाटै गाउँ गएको देखिन्छ,’ स्रोतले भन्यो, उनीहरूमा पनि लक्षण देखियो भने ती यातायात र त्योसँगै गएको मान्छे पनि खोज्नुपर्छ जुन गाह्रो काम छ, नत्र परेन्।’

तेस्रो संक्रमित बसेको होटलको कोठामा उनी चेकआउट भएपछि बसेका अर्का एकजनामा खोकी र ज्वरो भेटिएको छ। तर, उनले होटलमा बस्न नथाल्दैदेखि समस्या सुरु हुने संकेत देखिएको बताए पनि चिकित्सकहरूले क्वारेनटाइनमा बस्न आग्रह गरिसकेका छन्।

स्रोतका अनुसार मन्त्रालयले ती एयरलाइन्सबाट नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेहरूको नजिकबाट अनुगमन गर्न उनीहरूको घरठेगाना पहिचान गरेर जनप्रतिनिधिलाई समेत जानकारी गराइसकेको छ। अहिलेसम्म कतार एयरवेजबाट आएका अधिकांशको पहिचान भइसकेको छ भने एयर अरेबियाबाट आएकामध्ये नौजनाको मात्रै स्वास्थ्य अधिकारीसँग सम्पर्क स्थापित गर्न सकिएको छ। तीमध्ये अधिकांश आफैं सम्पर्कमा आएका थिए। उनीहरूमध्ये केही सेनाका अधिकारी थिए। उनीहरूले मन्त्रालयसँग सेल्फ क्वारेन्टाइनको तरिकासमेत मागेका थिए।

तेस्रो संक्रमित चेकआउट भएपछि होटलमा बसेकालाई ज्वरो

तेस्रो संक्रमित बसेको होटलको कोठामा उनी चेकआउट भएपछि बसेका अर्का एकजनामा खोकी र ज्वरो भेटिएको छ। तर, उनले होटलमा बस्न नथाल्दैदेखि समस्या सुरु हुने संकेत देखिएको बताए पनि चिकित्सकहरूले क्वारेनटाइनमा बस्न आग्रह गरिसकेका छन्।

दोस्रो संक्रमितसँग होटलमा पार्टी गरेका सबैजना सम्पर्कमा आइसकेका छैनन्। पछिल्लो समयमा संक्रमित तेस्रो युवा आएको एयर अरेबियाको उडाका सबैको नाम र ठेगाना नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउन ढिला गरेकाले कन्ट्रयाक्ट ट्रेसिङ  प्रभावित भएको छ।

लिस्ट आउनासाथ सम्बन्धित पालिकाका प्रतिनिधिलाई खबर गरिदिने र उनीहरूको निगरानी तथा संक्रमण भएरनभएको यकिन गर्ने मन्त्रालयको तयारी छ। नेपालमा संक्रमण भेटिएको दोस्रो केसकी युवती चैत ४ गते फ्रान्सबाट कतार एयरवेजको जहाजमार्फत् फर्केकी थिइन्। ती युवतीमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। जसमा चालक दलका सदस्यबाहेक १ सय ५८ जना सवार थिए।

त्यसैगरी तेस्रो केसका ररूपमा भेटिएका युवा चैत ६ गते सारजहाँबाट एयर अरेबियाको फ्लाइट नम्बर जि९५३७ मार्फत् नेपाल आएका थिए। ३२ वर्षका उनलाई चैत ११ गते राति संक्रमण प्रमाणित भएको थियो। उनीसँगै आएका सबैको संख्यासमेत यकिन भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय