भारतबाट फर्किएकालाई राख्न स्कुलमा ‘क्वारेन्टाइन’

दार्चुलाको मार्मा गाउँपालिकाले भारतबाट फर्किएकालाई क्वारेन्टाइनको अभावमा स्कुल परिसरमा राखेको छ।

कोरोना भाइरसको महामारी फैलिरहेको बेला भारतबाट स्वदेश फर्किएका मार्मा गाउँपालिका १७ जना सर्वसाधारणलाई क्वारेन्टाइनको अभावमा लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा राखिएको हो।

भारतबाट आएका सर्वसाधारणलाई राख्न क्वारेन्टाइनको अभाव भएपछि स्कुल बाहेक अन्य विकल्प थिएन्।

स्कूलमै राख्दा पनि सर्वसाधारणले विरोध गरे, मार्मा गाउँपालिकाका स्वास्थ्य कार्यालय प्रमुख चक्रसिहं धामीले भने क्वारेन्टाइनका लागि कतै ठाउँ नभेटेपछि स्कुलमै राख्न बाध्य भएका छौं।

भारतबाट फर्किएका १७ जनामध्ये कसैका पनि कोरोना भाइरसको संक्रमण नरहेका भन्दै उनले सर्वसाधारणमा भाइरसको त्रास तथा भय रहेको बताए।

गाउँपालिकाले बुधबार साँझ ७ बजेबाट १९ जना सर्वसाधारणलाई स्कुलमै भएपनि १४ दिनसम्म सुरक्षित क्वारेन्टाइनमा राखिने जानकारी दिएको छ।

भारतबाट फर्केका १९ जानमध्ये १८ जनालाई गाउँपालिकाको क्वारेन्टाइनमा बस्न आग्रह गरेको र १ जना आफै गाउँपालिकाको सम्पकर्मा आएका थिए।

‘क्वाररेन्टाइनमा राखिएका सबैको स्वास्थ्य परिक्षण गरिसकेका छौं कसैलाई पनि भाइरस संक्रमणका लक्षण देखिएको छैन्’ गाउँपालिकाका स्वास्थ्य प्रमुख धामीले भने, ‘क्वारेन्टाइनमा राखिएका सर्वसाधारणका लागि खाने,बस्ने सबै व्यवस्था गाउँपालिकाले गरेको छ, गाउँपालिका नियमित स्वास्थ्य परिक्षण गरिरहेको छ।

क्वारेन्टाइनमा रहेका सर्वसाधारणले आफैले खाना पकाउने व्यवस्था गरिएकको छ।

विद्यालयका ५ कोठामा ३० वटा ब्याडको व्यवस्था गरिएको जानकारी गाउँपालिकाले दिएको छ।

गाउँपालिकाले भारतबाट फर्किने सबैलाई क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गरेको भएपनि कतिपय सर्वसाधारण बाटोबाटै भागेको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय