५८ फ्रान्सेली नागरिक बोकेर काठमाडौं आइपुग्यो बुद्ध एयरको जहाज

फ्रान्सबाट नेपाल घुम्न आएर पोखरामा अलपत्र परेका ५८ जना फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ। फ्रान्सेली पर्यटक बोकेको बुद्ध एयरको जहाज अपरान्ह ४ः४५ बजे काठमाडौं उत्रिएको हो।

बुद्ध एयरको जहाज बिहान ११ बजे पोखरा गएको थियो। काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकको उद्धारका लागि परराष्ट मन्त्रालय, गृह मन्त्रालय र त्यहाँबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरेपछि उद्धार उडान गर्न निजी वायुसेवा कम्पनी बुद्ध तयार भएको थियो।

काठमाडौं ल्याइएका फ्रान्सेली नागरिकलाई तत्कालका लागि विमानस्थल नजिकैको एक होटलमा राखिने छ। स्रोतका अनुसार फ्रान्सले फिर्ता लान चाहेमा क्यारेन्टाइनबाटै उनीहरू आफ्नो देश जानेछन्।

बुद्धका एक उच्च अधिकारीले उनीहरू कोरोना भाइरस संक्रमित भएकाले नभइ कतै भवितव्य नहोस् भनेर उद्दार गरिएको बताए।

उनका अनुसार बुद्धको ७२ सिट क्षमतायुक्त एटिआर ७२५०० सिरिजको जहाज उद्दार उडानमा गएको थियो।

सुरुमा फ्रान्सेली कम छन् भनेर ४७ सिटको जहाज पठाउने तयारी थियो। तर, पछि यात्रु पनि थपिएको र सामान पनि बढी परिमाणमा रहेको भन्ने जानकारी फ्रान्सेली दूतावासबाट आएपछि ७२ सिटे जहाज पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय