लोकतान्त्रिक देशहरू कोरोनासँग कसरी लड्ने र ताइवानबाट नेपालले के सिक्ने?

ताइवान चीनदेखि मात्र १३० कि: मी: समुद्री सतहबाट छुटिएको देशमा २६ जनवरीदेखि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटियो। लोकतान्त्रिक देश ताइवान आफ्नो सबै विदेशबाट आउने एयरबसहरुमा सतर्कता अपनाउन थाले र आफ्नो सबै संयन्त्रलाई तयारी अवस्थामा राख्ने काम गरे।

विमानस्थलमा सबै यात्रुको प्रारम्भिक परिक्षण र थर्मल स्क्यानरले जाँच हुन थाल्यो। ताईवान ले सबै यात्रुहरुको अनलाइन फोरम, अनलाइन डाटा र ट्रयाकिङ सिस्टमले सबै यात्रु सँग निरन्तर सम्पर्कमा रहे।

सबै विदेश बाट आएका यात्रीहरुलाई १४ दिन अनिवार्य इसोलेशनमा बस्न स्पष्ट निर्देशन दिए। निर्देशन नमान्ने लाई भारी शुल्क तिर्नु पर्थ्यो र हरेक यात्रुहरुको सरकारले नेटबाट उनीहरूको कार्यलाई नियालिरहेको हुन्थ्यो।

सरकारले कोरोना जाँचेको अंतिम रिपोर्ट पनि अनलाइन बाटै पठाइदिन्थे र यदि नेगेटिभ भए उनीहरु आफ्नो घर फर्किन पाउँथे। कोरोना पोजिटिभ लाई सरकार को क्वारेन्टाइन मा राखिन्थ्यो र उपचार सुरु गरिन्थ्यो। ताईवान को स्वास्थ्य विभागले मास्क र हाण्ड  सेनिटाइजरजस्ता अतिआवश्यक वस्तुको कमी हुन दिएन र कालोबजारी भएन।

त्यसकालागि ताइवानले आफै मास्क बनाउन थाले र अहिले विश्वकै दोश्रो सबसे धेरै मास्क बनाउने देश हो।

ताइवान पहिलो स्टेजमै विदेशबाट आएका व्यक्तिहरूलाई कोरोना भाइरसको परिक्षण गरी उनीहरूलाई इसोलेसनमा राखे र सबै कुराको जिम्मेवारी रिपोर्ट नआउन्जेल सरकारले नै गरे। कोरोना नेगेटिभ भएको व्यक्तिलाई घर पठाए र कोरोना पोजिटिभ भएका लाई सरकारी अस्पालमा थप उपचार सुरु भयो।

ताइवानले आफ्नो सबै अस्पताल पुरै तथा आंसिक रूपमा बन्द गर्यो किनकि संक्रमित व्यक्तिबाट स्वास्थ्यकर्मी तथा अरु बिरामीलाई सर्न सक्ने भएर हो।

कोरोना संक्रमण रोक्न ताईवान महामारी कमाण्ड सेन्टरको मुख्य भूमिका रहेको छ। यसले सबसे पहिला विभिन्न माध्यम जस्तै राष्ट्रिय हेल्थ इन्स्योरेन्स एजेन्सी, ताईवान infectious disease statistics system र मिडिया रिपाेर्टकाे आधारमा जानकारी संकलन गरेर र यो सबै बाट लड्न एउटा तुरुन्त प्रतिक्रिया दिने समुह र अर्को रसद दिने समुह संकट क्षेत्रमा आफ्नो कार्य सुरु गर्छन्।

ताइवान मा भर्खरै बाहिर बाट आएका आफ्नो सबै जनताको अनलाइनबाट जोडिएका हुन्छन् र सबै जानकारी र प्रश्न र सहयोगको लागि सरकार तयार हुन्छन्। सबै बाहिर बाट आएका नागरिकको अनिवार्य कोरोना परिक्षण गरिन्छन र त्यो रिपोर्ट पनि अनलाइन बाटनै व्यक्ति सम्म पुग्छ। जनताले पनि सरकारले भने जसरी १४ दिन इसोलेसन मा बस्छ र सबै बचाव का उपाय शाख्त रूपमा पालना गरे।

‌नेपाल अझै पहिलो चरण अथार्त विदेशबाट आएकाहरु मा मात्र covid 19 पोजिटिभ देखिने चरण हो र अहिले हामीसँग यस कोरोना भाइरस सम्बन्धी पर्याप्त जानकारी छ। हाम्रो सजकता, जागरूकता र नेपाल सरकारको पूर्व तयारी राम्रो भयो भने हामी covid 19 लाई पहिलो चरणमै रोक्न सक्छौ। इटली जस्तो विकसित देश जुन नेपाल भन्दा कयौं व्यवस्थित भएनी आज कोरोना अगाडि हार मनिसक्यो।

कोरोना नेपालमा फैलियो भने उपचार गर्न हामी सँग पूर्वाधार पुग्दैन। फैलिन नदिनु मात्र एउटा विकल्प हो। अहिले हामीसँग प्रयाप्त समय छ हामी आफ्नो तर्फ बाट कुनै गल्ति नगरौं र घरमै बसेर डाक्टरले भने अनुसारको सल्लाह मानौं। विभिन्न किसिमको अफवाह र गलत समाचार बाट बचौ र डाक्टरको सल्लाह मानौ।
‌नेपाल सरकारद्वारा अहिले lockdown गर्ने निणर्य स्वागत योग्य हो। तर अझै गहिराइ मा गएर बुझ्न खोज्दा के lockdown मात्र गरेर कोरोना भाइरस फेरि पनि फर्किन सक्दैन भनी कसैले यकिनका साथ भन्न सक्दैन। यो भाइरसलाई हामीले सम्पूर्ण रूपमा हाम्रो देशबाट संक्रमण मुक्त बनाउनु पर्छ।

संक्रमण मुक्त बनाउन यो ३ महिनाको अन्तरालमा विदेशबाट नेपाल आउने सबै नेपालीहरुको एउटा अभिलेख हुनु एकदम अपरिहार्य हो। हवाईमार्ग र जमिनबाट दुवै नागरिकहरुलाई नजिकबाट मोनिटर गर्नु पर्छ र उनीहरूलाई सेल्फ इशोलेशन हुन निर्देशन गर्नु पर्छ। यी नागरिक र यिनीसँग नजिक भएका व्यक्तिहरूको कोरोना परिक्षण गर्नु पर्छ।

‌नेपालमा अहिले मास्क र सेनिटाइजर  कालोबजारी तथा बजारमा नपाइएको अवस्था छ। पिपिइ पनि नेपालमा नपाइएको अवस्था छ यसले गर्दा स्वास्थ्य कर्मीले इमरजेन्सी अवस्थामा काम गर्न सक्दैन।

‌कोरोना परिक्षण  किट जसले तुरुन्त रिजल्ट दिन सक्ने हुनुपर्छ अहिलेको परीक्षणको ढिलो रिपोर्ट आउने गरेको छ र नयाँ किटले सबै चाँडो हुन्छ।

धेरै भन्दा धेरै covid 19 को परिक्षण गरेर र पोजिटिभ केसलाई समयमै isolate गर्यो भने हामीले यो कोरोना भाइरसको चक्र तोड्छौ र यो रोगबाट मुक्त पनि हुन्छौ।

‌यो रोगलाई हामी सबै मिलेर नेपालमा फैलिनबाट बचाऔं र आफ्नो जिम्मेवारी पुरागरी असल नागरिकको परिचय दिउँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय