लकडाउन भोगाई : संयम र आत्मवल नै शक्ति

यो लकडाउनले अर्को समस्या सिर्जना गर्ने त होइन ? दुई दिनमात्र बितेको छ । यो दुई दिन बिताउन कति गाह्रो भयो, त्यसैको भरमा मैले यो शंका गरीरहेको छु । हुन त यो व्यक्ति व्यक्तिको अलग अनुभव हुने बिषय हो । मैले लेख्दा मैले मेरो आफ्नो अनुभव लेख्ने हो ।

मेरो अनुभवको भरमा भन्ने हो भने यो परिवेशले मानिस इलेक्ट्रोनिक बस्तुहरुको संगतमा अझ बढी भएको छ । टिभी, ल्यापटप, मोवाइल फोन, ट्यावलोइट आदी के के हुन्, ती नै मुख्य साथी भएका छन् । यसले भौतिक असर त स्वाभाविक रुपमा पर्छ नै, मेरो शंका मानसिक रुपमा पनि पर्छ कि रु भन्ने हो ।

मैले त नढाँटेर भन्ने हो भने श्रीमतिसंग गर्ने गफ पनि सकिसके जस्तो लाग्छ । नातीहरु दुईवटा घरमा नभएको भए म त यही दुई तिन दिनमै पागल भैसक्थे कि भन्ने लाग्न थालिसक्यो ।

जीवनशैली नै फेरिनु अथवा फेर्न बाध्य हुनु भनेको कुनै मजाक होइन । दिन निश्चित त छैन, तर भारतमा २१ दिन लकडाउन गरेकाले यहाँ पनि बढाउने निश्चित प्रायः छ । भन्न त साथीहरुसंग प्रत्यक्ष कुराकानी गर्ने साधनहरु छन् । अथवा नयाँ चिन्तन, नयाँ विचार, योग अभ्यास आदीका कुरा गरेर सकारात्मक व्याख्या पनि गरिन्छ । तर साधनको प्रयोग गर्न आर्थिक तथा प्राबिधिक रुपले कति सकिन्छ वा कतिले गरिरहेका छन्, त्यसको तथ्यांक कस्ले दिनसक्छ रु मैले जानेको छु, त्यसकारण सबैले जानेका छन् भन्ने हुँदैन ।

मैले त नढाँटेर भन्ने हो भने श्रीमतिसंग गर्ने गफ पनि सकिसके जस्तो लाग्छ । नातीहरु दुईवटा घरमा नभएको भए म त यही दुई तिन दिनमै पागल भैसक्थे कि भन्ने लाग्न थालिसक्यो । तिनिहरु पनि मोवाईल वा ट्यावलेट वा टीभी आदीमै व्यस्त हुन्छन् । तिनैलाई कहिले गाली गर्ने, कहिले संझाउने तर आफुले भोगेको परिवेश संझेर उनीहरुले थाहा नपाउने गरी टिठ र साहनुभुति आउने भोगाइले पनि धेरै धानेको छ ।

घरको कामको कुरा गर्ने हो भने म जुन स्थितिमा छु, त्यसमा मैले गर्ने काम केही छैन । मजस्ताको प्रायः हुँदैन । पहिले पनि थिएन । चिन्तनको नकारात्मक प्रभाव पर्छ कि जस्तो लाग्न थालिसक्यो । जीवन रक्षा ठूलो कुरो हो । यसमा असहमती छैन । तर स्वइच्छाले होस् वा वाध्यताले होस्, थुनिनु पनि त मानव स्वभाव विपरित नै हो । जुन नाममा भए पनि यो थुनिएको नै हो ।
मैले एक पल्ट यस्तै स्थितिलाई इंगित गर्दै लेखेको थिएँ(

हिन्दूको होस् वा मुसलवानको
मन्दिर मन्दिरै हो
सुनचाँदिको होस् वा फलामको
जन्जिर जन्जिरै हो ।

आज पनि स्वइच्छाले नै सही, अथवा सही उद्देश्यका लागि भए पनि हामी जन्जिर भित्र छौ । तर जन्जिर जन्जिर नै हो । जन्जिरमा बाँधिएको मानिस या त अशक्त र सिथिल हुन्छ, या त बिद्रोही । यसको के परिणाम आउने हो हेर्न बाँकी छ । तर, आज त कतै घर घरमा एउटा एउटा मानसिक रोगी हुन्छन् कि भनी म झस्किएको छु । त्यसकारण अहिले बढी चाहिने शक्ति भनेको संयम र आत्मवल हो । यो अलिकती पनि कमजोर भयो भने परिणाम नकारात्मक नै आउने छ भन्ने शंकाले सताएको छ ।

(लेखक दाङका पुराना पत्रकार तथा समाजसेवी हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय