अमेरिकाका हरेक दिन झनझन् त्रासदीपूर्ण हुने संकेत, एकै दिन २२३ जनाको मृत्यु

अमेरिकामा हरेक दिन झन्झन् त्रासदीपूर्ण हुँदै आएको संकेत बुधबार कोरोना भाइरस संक्रमणबाट मर्नेको तथ्यांकले देखाएको छ। विश्व स्वास्थ संगठन (डब्लुएचओ) र स्वास्थ्य विज्ञहररूले अमेरिका कोरोना संक्रमणको अर्को इपिसेन्टर हुने चेतावनी दिइरहेका बेला मृतक संख्या दिनहुँ बढ्दै गएको छ।

कोरोना संक्रमणबाट बुधबारमात्रै २ सय २३ जनाको निधन भएको छ र मृतकको कूल संख्या कम्तिमा पनि ९ सय २८ पुगेको छ। अमेरिकाले कोरोना नियन्त्रणका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरिरहे पनि संक्रमण क्रम बढेको छ। बुधबार रातिसम्ममा कूल संक्रमित संख्या ६५ हजार नाघेको छ।

ुहामी जति एकबाट अर्को व्यक्ति टाढा हुन (सोसियल डिस्टेन्सिङ) कायम गर्न प्रतिबद्ध हुन्छौं, त्यति नै बढी मानिसलाई हामी बचाउन सक्छौु ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स न्युज कन्फरेन्समा राष्ट्रपति ट्रम्पले भनेका थिए।

एक व्यक्तिवाट अर्को व्यक्तिलाई कम्तीमा पनि ६ फिटको दूरी राख्न प्रेरित गर्ने र स्टे एट होम अर्डर गरेर अत्यावश्यक सेवा वाहेकका मानिसहरुलाई घरमा नै राख्ने प्रयास जारी रहेपनि यसले सही परिणाम भने दिन सकेको छैन ।

देशको कुल ४२ प्रतिशत जनसंख्या यतिवेला आफ्नो घरमा नै वसेर कोरोना भाइरस महामारीको अन्त्य हुने दिनको प्रतिक्षा गरिरहेको छ तर यो प्रकोप घट्ने संकेत देखिएको छैन । चार दिन अगाडि आइतवार विहान अमेरिकाभरीमा मर्नेहरुको संख्या २२३ भएकोमा वुधवार ९२८ पुगेको छ।

अमेरिकामा कोरोना संक्रमण नाटकीय ढंगले वढ्दै जानेछ, विज्ञहरुले चेतावनी दिंदे भनेका छन् । अमेरिकालाई कोरोना भाइरसको इपिसेन्टर वन्नवाट रोक्ने अझै समय छ, विश्व स्वास्थ संगठन ९डव्लुएचओ०का प्रवक्ता मार्गरेट ह्यारिसले भनेकी छिन्, यद्यपि अहिले मृत्युदर दिनदिनै वढेको देखिएपनि यसलाई पुन सामान्यतिर फर्काउन सकिन्छ ।

अमेरिकासँग संसारकै उत्कृष्ट स्वास्थकर्मीहरु रहेको चर्चा गर्दै ह्यारिसले भनेकी छिन्, अमेरिकासँग प्रविधिलाई कुशलतापूर्वक नियन्त्रण गर्न सक्ने र यो समस्यावाट वाहिरिन दिमाग लगाउन सक्ने मानिसहरु छन् । विश्व स्वास्थ संगठनका प्रवक्ताको भनाइले यो प्रष्ट पार्छ कि अझै पनि धेरैको आशाको केन्द्रविन्दु भनेको अमेरिकानै हो तर परिणाम सकारात्मक आउन सकेको छैन ।

राष्ट्रपति ट्रम्पको लोकप्रियता बढ्दै

कोरोना भाइरसको संक्रमण वढ्दै जाँदा धेरै देशमा सरकारको आलोचना हुने गरेपनि राष्ट्रपति ट्रम्पको लोकप्रियता भने बढ्न थालेको छ । राष्ट्रपति ट्रम्पले कोरोना महामारीवाट अर्थतन्त्रलाई वचाउन २ ट्रिलियन डलरको राहत प्याकेज वनाएको र समस्या समाधानमा सक्रियता देखाएको कारण उनको लोकप्रियता वढेको सर्वेक्षणले देखाएको छ ।

राष्ट्रपति ट्रम्पको सदैव आलोचना गर्दै आएको सीएनएनले यो सर्वेक्षणलाई भने निकै महत्वका साथ समाचार वनाएको थियो । सिनेटवाट वुधवार मध्यरातमा अमेरिकी अर्थतन्त्रलाई उद्धार गर्न ल्याइएको विधेयक पारित भएपछि ट्रम्पको लोकप्रियता अझै माथि पुग्ने देखिएको छ ।

यो विधेयक पारित भएपछि हरेक अमेरिकी नागरिकले १२०० डलरको चेक प्राप्त गर्नेछन् भने वालवालिकाले ५०० डलर पाउनेछन् । यो सहयोग ९९००० डलर भन्दा वढी कमाउने एकल व्यक्ति वा १९८००० भन्दा वढी कमाउने दम्पतीले भने पाउने छैनन् । ७५००० डलर भन्दा वढी कमाउने एकल व्यक्ति वा १५०,००० हजार भन्दा वढी कमाउने दम्पतीको सवालमा भने प्रतिहजारमा ५० डलरका दरले सहयोग रकम कम हुँदै जाने विधेयकले व्यवस्था गरेको छ ।

यो राहत प्याकेजवाट कोरोना महामारीका कारण घाटामा गएका व्यापारिक प्रतिष्ठानले ऋण सहयोग प्राप्त गर्नेछन् तर त्यस्तो सहयोग राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका परिवार वा उच्च पदस्थ व्यक्तित्वहरुले भने पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय