लकडाउन नगर्ने ट्रम्पको घोषणा महँगो साबित, अमेरिकामा एकै दिन १३ हजार संक्रमित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या ६८ हजार ४ सय ७२ पुगेको छ। बुधबार एकै दिन १३ हजार ३ सय ५५ जना नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितको संख्या ६८ हजारभन्दा माथि पुगेको हो।

बिहीबार बिहानसम्ममा अमेरिकामा एक हजार २७ जनाको मृत्यु भइसकेको छ। एक हजार ४ सय ५२ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जानकारी दिएका छन्।

कोरोना भाइरसको संक्रमण भएकामध्ये ३ सय ९२ जना उपचारपछि घर फर्किएका छन्। कोरोनाको संक्रमण बढे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा लकडाउन नगर्ने घोषणा गरेका थिए।

अमेरिका लकडाउन गर्नका लागि होइन भन्ने ट्रम्पको अभिव्यक्ति महँगो सावित हुन सक्ने धारणा विपक्षी पार्टीका नेता तथा विश्लेषकहरुले राखिरहेका छन्।

चीनको वुहानबाट शुरू भएको वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्ममा ४ लाख ७१ हजार ७ सय ४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ।

२१ हजार २ सय ९७ जनाले ज्यान गुमाएका छन्। एक लाख १४ हजार ६ सय ९६ जनाले स्वास्थ्यलाभ गरेर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय