कोरोना नियन्त्रण गर्न लकडाउन ‘दोस्रो अवसर’ : ब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि लकडाउन लाई दोस्रो अवसर भनेको छ। र, यसको सदुपयोग गर्न पनि सबैलाई अपिल गरेको छ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयिससले लकडाउनले एउटा अवसरको ढोका खोलेको बताए। कोरोना भाइरस महामारी रोक्न लकडाउनको सदुपयोग गरी कोभिड-१९ लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन्।

कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ कदम चाल्नुपर्ने डब्लुएचओको सुझाव छ। उनले हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरूलाई खटाउने, उपलब्ध प्रणालीको प्रयोग गरी शंकास्पद संक्रमित पहिचानका लागि गर्नुपर्नेमा जोड दिएका छन्।

यसका साथै परीक्षण उत्पादन, क्षमता र उपलब्धता बढाउनु पनि महत्वपूर्ण रहेको उनले बताएका छन्। बिरामीको उपचार तथा आइसोलेसनमा राख्न आवश्यक सबै किसिमका सुविधा व्यवस्था गर्ने, स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड(१९ लाई रोक्न लागिपर्नुपर्ने उनले जानकारी दिए। यी कदम नै भाइरस नियन्त्रणका लागि सबैभन्दा राम्रो योजना भएको डब्लुएचओले जनाएको छ।

एजेन्सीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय