कोरोना भाइरस : यस्तो छ विश्वको अवस्था

  • विश्वभरि ४ लाख ७१ हजार ४ सय ७ मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
  • विश्वभरि २१ हजार २ सय ७५ मानिसको मृत्यु भइसकेको छ।
  • विश्वका एक तिहाइ मानिस घरभित्रै छन्।
  • छिमेकी भारतमा कोरोना भाइरसबाट ६ सयभन्दा बढी मानिस संक्रमित छन् र १० जनाको मृत्यु भइसकेको छ।
  • भारतका २२ राज्यका ७५ जिल्लामा भाइरस संक्रमण पुगिसकेको छ। पूरै भारत २१ दिने लकडाउन घोषणा गरिएको छ।
  • नेपाल पनि लकडाउन छ। यहाँ अहिलेसम्म तीनजना संक्रमित देखिएका छन्। एकजनालाई निको भइसकेको छ भने दुईजनाको उपचार भइरहेको छ।
  • इटालीमा २४ घन्टाभित्र ६ सय ८३ जना मानिसको मृत्यु भएको छ।
  • अमेरिकामा संक्रमित व्यक्ति १० हजार नाघिसकेका छन् भने ७ सय ३७ जनाको मृत्यु भएको छ।
  • इटालीपछि स्पेनमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। इटालीमा ६ हजार ८ सय २० जना मानिसको मृत्यु भइसकेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय