कोरोना कहर : विश्वभर १९,६४३ को मृत्यु, स्पेनमा एकै दिन ७३८ को ज्यान गयो

वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट विश्वभरि १९ हजार ६ सय ४३ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार बुधबार दिउँसोसम्ममा विश्वभरि ४ लाख ३६ हजार ४ सय ८१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

जसमा सबैभन्दा बढी इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या ६९ हजार १ सय ७६ पुगेको छ।

संक्रमितको संख्या चीनमा सबैभन्दा बढी छ। चीनमा ८१ हजार २ सय १८ जनालाई संक्रमण भएको छ। कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भइसकेको छ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भइसकेको छ।

अहिलेसम्ममा विश्वका एक सय ८६ भन्दा धेरै देशमा कोरोना भाइरसको संक्रमण दिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एकैदिनमा ७ सय ३८ जनाको मृत्यु भएको छ। स्पेनमा बुधबारसम्ममा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले बताएका छन्।

स्पेनमा ४७ हजार ६ सय १० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। यसैगरी, संयुक्त राज्य अमेरिकामा ५४ हजार ९ सय ९६ जना संक्रमितमध्ये ७ सय ८५ जनाको मृत्युको भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय