बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण पुष्टि

बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तर, उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

७१ वर्षीय उनलाई अहिले आफ्नै निवासमा क्वारेन्टाइनमा राखिएको छ। उनकी श्रीमतीलाई भने संक्रमण छैन।

हालैमात्र उनले आफ्ना विदेशी समकक्षीहरूलाई भेटेका थिए। त्यसबेला उनले हात नमिलाएर सबैलाई नमस्कारको अभिवादन गरेका थिए।

बकिङ्घम दरबारका एकजना कर्मचारीलाई संक्रमण पुष्टि भएको केही दिनपछि राजकुमारलाई पनि संक्रमणको पुष्टि भएको द डेलीमेलले जनाएको छ।

बेलायतमा ४ सय २२ जनाको मृत्यु भइसकेको छ भने करिब ९ हजारभन्दा धेरै स‌‌ङ्क्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय