उपचार गराइरहेका थप एकजनालाई कोरोना संक्रमण पुष्टि

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका अर्का एक बिरामीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक राजेशकुमार गुप्ताका अनुसार अस्पतालले पठाएको नमुना परीक्षणमा पोजेटिभ देखिएको हो।
अस्पतालको आइसोलेसनमा पाँचजना उपचाररत छन्। यसअघि फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आइपुगेकी एक युवतीलाई पनि संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय