बुटवलका पाँच बिरामीको स्वाब परीक्षण हुन सकेन

भैरहवा-काठमाडौं हवाई सेवा बन्द भएपछि बुटवल आइसोलेसन अस्पतालमा भर्ना भएका बिरामीको स्वाब परीक्षणमा कठिनाइ भएको छ। उनीहरूको स्याम्पल लिइएको भए पनि ल्याब परीक्षणका लागि पठाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

उनका अनुसार बुटवलमा पाँचजना बिरामीको स्वाब परीक्षण हुन सकेको छैन। भोलिसम्म पनि हवाई सेवाको अवस्था यस्तै रहे एम्बुलेन्समार्फत पठाइने डा. थापाले जानकारी दिए। अहिले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा एक र धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा पाँचजना बिरामी आइसोलेसनमा छन्।

बुटवल आइसोलेसन अस्पतालमा भर्ना भएकामध्ये अहिलेसम्म नौजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा सातको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ भने दुईजनाको रिपोर्ट आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय