राष्ट्रपति ट्रम्पको चाहनाअनुरूप दुई सातामा सुचारू होला अमेरिका?

लेखक - किशोर सापकोटा
लेखक – किशोर सापकोटा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अचानक अमेरिकाको ‘डुबेको अर्थतन्त्रलाई उद्धार गर्न’ भन्दै दुई सातामै अमेरिकालाई खुला गर्न चाहेको बताए। ट्रम्पको चाहनामा अविश्वास गरौ, उनी सर्वशक्तिमान राष्ट्रका राष्ट्रपति हुन्, विश्वास गरौं, कुनै पनि सूचकले राष्ट्रपतिको चाहना कार्यान्वयनमा आउन सक्ने देखिँदैन।

राष्ट्रपति ट्रम्पले अमेरिकीहरूको चाड इस्टरअघि नै अमेरिका खोल्न चाहेको बताए। जबकि विभिन्न राज्यका गभर्नर र विभिन्न सहरका मेयरहरूले आपतकाललाई लम्ब्याएर लगेका छन्। आगामी अप्रिल १२ मा अमेरिकीहरूको चाड इस्टर पर्छ। विश्व परिवेश हेर्दा पनि दुई सातामै कोरोना संक्रमण नियन्त्रणमा आउने छैन। यस्तो अवस्थामा राष्ट्रपतिको चाहना कति सफल होला?

राष्ट्रपतिको ट्रम्पको चाहना कार्यान्वयन होला वा नहोला, त्यो विषय एकातिर छ। तर, अर्कोतिर ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले मंगलबार दिएको निर्देशनलाई मात्रै हेर्ने हो भने पनि राष्ट्रपतिको यो चाहना कार्यान्वयन हुने देखिँदैन। टास्क फोर्सले अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर मानिएको न्युयोर्क सहर छाडेर अन्य सहरमा जानेहरूलाई १४ दिने क्वारेन्टाइनमा जान निर्देशन दिएको छ।

न्युयोर्क यस्तो सहर हो जहाँ अमेरिकाका कोरोना भाइरस संक्रमितमध्ये झन्डै आधा संख्या रहेको छ। ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका संयोजक डा। डेबोरा विक्रसले मंगलबार नयाँ कोरोना भाइरस संक्रमण हुनेहरूमध्ये ६० प्रतिशत न्युयोर्क सहरमा नै रहेको बताए।

न्युयोर्कमा अन्य अमेरिकी सहरभन्दा संक्रमणको दर पाँच गुणा बढी छ। अमेरिकाको सबैभन्दा ठूलो आर्थिक सहर न्युयोर्क रोग र शोकमा डुबिरहेको अवस्थामा कसरी अर्थतन्त्र सुचारु होला? एक नेपाली अनिल लिम्बुको पनि मंगलबार बिहान कोरोना भाइरस संक्रमणको कारण न्युयोर्कमा नै निधन भएको थियो।

राष्ट्रपति ट्रम्पले भनेको एउटा कुरा सत्य हो, जति चाँडो हामी अमेरिकालाई खुला गर्न सक्छौं, त्यति नै चाँडो यहाँ राम्रो हुनेछ। तर, हरेक दिन अस्पतालमा बिरामीहरूको चाप थप्दै कसरी अर्थतन्त्रलाई सुचारु गर्न सकिन्छ? बढ्दै गएका बिरामीहरूलाई कसरी व्यवस्थापना गर्न सकिन्छ?

स्वास्थकर्मीहरूलाई आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेट (पिपीई) कहाँबाट उपलब्ध गराउन सकिन्छ? न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोनोले आउँदो दुई साताभित्र आफ्नो राज्यलाई थप १ लाख ५० हजार बेडसहितको अस्पताल आवश्यक पर्ने बताउँदै तत्कालै ३० हजार भेन्टिलेटर उपलब्ध गराइदिन राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन्। अहिले न्युयोर्कसँग ७ हजार भेन्टिलेटरसहित करिब ५३ हजार बेड छन्। अहिलेको आवश्यकता मानवीय उद्धार हो कि अर्थतन्त्रको उद्धार हो?

अमेरिकामा मंगलबारमात्रै १ सय ४५ जनाभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० हजार नयाँ संक्रमित थपिएका छन्। यो डरलाग्दो संक्रमण र मृत्युलाई कसरी नजरअन्दाज गर्न सकिन्छ? मंगलबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेहरूको संख्या ६ सय ८५ पुगेको छ भने संक्रमित हुनेहरूको संख्या ५२ हजार नाघेको छ।

अमेरिकामा मंगलबारमात्रै १ सय ४५ जनाभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० हजार नयाँ संक्रमित थपिएका छन्। यो डरलाग्दो संक्रमण र मृत्युलाई कसरी नजरअन्दाज गर्न सकिन्छ? मंगलबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेहरूको संख्या ६ सय ८५ पुगेको छ भने संक्रमित हुनेहरूको संख्या ५२ हजार नाघेको छ। अमेरिकाका १७ वटा राज्यहरूले ‘स्टे एट होम अर्डर’ जारी गरेका छन् र देशको सम्पूर्ण जनसंख्याको करिब ५२ प्रतिशत जनता घरमा बस्न वाध्य छन्। यी सम्पूर्ण प्रतिकूलताबीच अमेरिका सुचारु कसरी हुन सक्ला र?

राष्ट्रपति ट्रम्पले चेतावनीको शैलीमा भनेका छन्- ‘यदि राष्ट्रलाई आर्थिक मन्दी वा निराशामा राखियो भने तपाईंहरूले योभन्दा बढी मानिसलाई गुमाउनुपर्ने छ।’ राष्ट्रपति ट्रम्पको चेतावनीले काम गर्ला वा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न अमेरिकाको अर्थतन्त्र ठप्प नै रहला? कुरेर परिणाम हेर्नुको विकल्प छैन।

राष्ट्रपति ट्रम्पको चाहनाप्रति प्रतिपक्षी डेमोक्रेटिक पार्टीका नेताहरू र स्वास्थ क्षेत्रमा लागिरहेका विज्ञहरू सहमत हुन सकेका छैनन्।

आगामी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार बन्ने दौडमा रहेका जो वाइडेनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले बोल्न रोक्नैपर्छ र स्वास्थ्य क्षेत्रका विज्ञहरूलाई सुन्नुपर्छ।’ उनले राष्ट्रपति ट्रम्पले समस्या समाधान गर्न चासो नलिएकाले भयावह स्थिति सिर्जना भएको बताए।

माइक्रोसफ्ट कम्पनीको सबै जिम्मेवारी छाडेर लोक कल्याणकारी काममा जुटेका विश्वका दोस्रो धनी बिल गेट्सले राष्ट्रपति ट्रम्पको नामसमेत नलिई राष्ट्रपतिको यो चाहना अत्यन्त गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘कुनामा लाशहरूको खात राखेर मानिसहरूलाई रेस्टुरेन्ट गइराख, नयाँ घर किन भनेर भन्नलाई निकै कठिन छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय