‘लकडाउन’ मा केही समस्या भयो? जनप्रतिनिधिलाई फोन गर्नुहोस्

हेल्थपोस्ट नेपाल

काठमाडौं महानगरपालिकाले ‘लकडाउन’ अवधिभर महानगरवासीलाई घरभित्रै बसेर सहयोग गर्न अपिल गरेको छ।

‘कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ मेयर विद्यासुन्दर शाक्यले भनेका छन्।

महानगरले कसैलाई केही समस्या परेमा आफ्ना नजिकका जनप्रतिनिधिलाई फोन गर्नसमेत भनेको छ।

त्यस्तै कोरोना संक्रमणको आशंका भए तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा ९१०२० लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको भन्दै महानगरले यस्तो आग्रह गरेको हो।

कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको महानगरले जनाएको छ । यो फोन सेवा चौबिसै घन्टे बनाइएको छ।

महानगरले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि र खाद्यान्न अभाव हुन नदिई सुलभ तरिकाले विक्री वितरण गर्न सम्बद्ध व्यवसायीहरूलाई समेत अनुरोध गरेको छ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सिधा सम्पर्क गर्न सकिने भन्दै महानगरले मेयर, उपमेयर तथा वडाध्यक्षहररूको मोबाइलमा सम्पर्क गर्न आग्रह गरेको छ।

काठमाडौंका जनप्रतिनिधिका फोन नम्बर



Leave a Reply

Your email address will not be published. Required fields are marked *