कोरोना कहर : १६ हजार ५६९ को मृत्यु, ३ लाख ८२ हजार संक्रमित

वैश्विक महामारी कोरोना भाइरस संक्रमणबाट विश्वभरि १६ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसोसम्ममा विश्वभरि ३ लाख ८२ हजार ४ सय २० जनालाई कोरोना भाइरस संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

जसमा सबैभन्दा बढी इटालीमा ६ हजार ७७ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या चीनमा सबैभन्दा बढी छ।

चीनमा ८१ हजार १ सय ७१ जनालाई संक्रमण भएको छ। कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ।

चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट पूरै विश्व प्रभावित भइसकेको छ। अहिलेसम्ममा विश्वका १ सय ८६ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय