कोरोना आशंकामा भरतपुर अस्थायी अस्पतालमा उपचाररत एकको मृत्यु

कोरोना भाइरसआशंकामा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारत एक युवकको मुत्यु भएको छ। अस्पताल सञ्चालक समितिका सदस्य प्रा।डा। कृष्ण पौडेलकाअनुसार वीरगन्जका ३० वर्षीय ती युवकको बिहान ९स् ३० बजे मृत्यु भएको हो। उनी रुघाखोकी र ज्वरोले सिकिस्त भएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए। त्यहाँ उपचार गराइरहेको उनलाई चितवन मेडिकल कलेजले कोरोनाको आशंकामा भरतपुर अस्पतलमा चैत ९ गते रिफर गरेको थियो।

मिर्गौला, फोक्सो र छालासम्बन्धी पुरानो रोगको उपचार गराइरहेका ती युवकमा ज्वरो र निमोनिया पनि देखिएपछि अस्ति उनलाई भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको थियो।

कोरोनाकै कारण मृत्यु भए वा नभएको प्रमाणित हुन बाँकी छ। उनको घाँटीको नमुना ९स्वाब० परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो। रिपोर्ट आज बेलुकासम्म आउन सक्ने डा।पौडेलले बताए। पौडेलका अनुसार ती युवक मिर्गौलाका बिरामीसमेत थिए। कोरोना आशंकामा उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय