ट्रम्पले भने- कोरोना भाइरसका कारण अमेरिका बन्द हुँदैन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि संसारका अधिकांश देशमा लक्डाउन भएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाका कारण अमेरिका बन्द नहुने बताएका छन्।

अमेरिकामा कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको भए पनि ट्रम्पले अमेरिका बन्दमा कुनै कुरा क्षेत्र पनि बन्द नहुने बताएका हुन्।

सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरू पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका छन्।
ट्रम्पले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका हुन्।

भाइरसबाट बच्न ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै अमेरिका बन्द नहुने घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकामा यो भाइरसको कारण ४६ हजार १४५ जना संक्रमित भइसकेका छन्।

भाइरसले अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ। अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ।

सोमबार भने ट्रम्पले एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन्। उनले यो एउटा चिकित्सासम्बन्धी समस्या रहेको र यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन्।

अमेरिकामा यो भाइरसका कारण अहिलेसम्म ५ सय ८२ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ३ सय ४० जनामा संक्रमण देखिएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय