कोरोनाविरुद्ध सेनाका हरेक युनिटमा चिकित्सकसहितको अधिकृत टोली

विश्वभर फैलिँएको कोरोना भाइरस (कोभिड(१९) को जोखिमलाई मध्यनजर राखेर नेपाली सेनाले आन्तरिक रुपमा रोकथाम, महामारीविरुद्ध न्यूनीकरण र प्रभावकारी व्यवस्थापनको तयारी थालेको छ।  (कोभिड(१९) सम्बन्धी कुनै बिरामी आएमा सेनाले डाक्टर तथा तथा अधिकृतसहितको कोर टिम गठन गरेको छ। सेनाले आफ्ना सबै युनिटमा डाक्टरसहितको टोली खटाएको जंगी अड्डाले सोमबार जनाएको छ।

टोलीले अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाएको जंगी अड्डाले जनाएको छ। यसक्रममा सेनाले क्वारेन्टाइन क्याम्प बनाएको छ। हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने सिमामा स्थापना भएका हेल्थ डेक्सहरूमा दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरू परिचालन गरेको छ।

विभिन्न जिल्लाहरूमा प्रदेश सरकारसँगको समन्वयमा सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्डहरू तयार गर्न सहयोग गरिरहेको सेनाले जनाएको छ। रोकथाम तथा न्यूनीकरणको लागि राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरू गरिएको छ।

नेपाली सेनाका परिचालित सकलदर्जाको सुरक्षाको लागि आवश्यक पिपिई सामग्री उपलब्ध गराएको छ। सेनाले माक्स पिपिई तथा सेनिटाइजरको उत्पादन समेत सुरू गरिसकेको छ।  सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालिम, दैनिक रुपमा हुने पिटी परेडमा उच्च स्थगित गरेको सेनाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय