हतियारबिना भाइरससँग युद्धमा !

केही समयअघि स्वासप्रश्वाबाट सर्ने भाइरसले प्रकोप लिँदै थियो छिमेकी मुलुक चीनमा। हामी मस्त मगन थियौं पर्यटक आगमनमा। हामी मस्त थियौं सम्मेलन सभा गोष्ठी र चलचित्र हलमा। हिँडिरहेका थियौँ न्यु रोड र ठमेलका बाटाहरुमा।

रमाइरहेका थियौं पशुपतिनाथको सन्ध्या आरतिमा। भेला भैरहेका थियौं बजारहरुमा । भिडको माझमा। चीनको समाचार सुन्दै बसिरहेका थियौँ।
भाइरस सँग लड्न चिनले १० दिन भित्रै १००० बेडको अस्पताल बनायो भनेर । हामी चिनको तारिफ गर्दै आफ्नो देशमा हुँदो हो त मेलम्ची जस्तै हुन्थ्यो भनेर हास्यौँ। लज्जास्पद कुरा पनि पचाउने बानी छ नि त हाम्रो १

हाम्रा देशमा त पशुपतिनाथले रक्षा गर्छन् भनेर आत्मबल बढाउने कार्य मात्र भयो। यो श्वास प्रस्वास बाट सर्ने रोग हो। आत्मबल कम भएर लाग्ने मानसिक रोग हैन। महामारी फैलिएर चीनको बोर्डर नाघेपछि मात्र चासो बढ्न थाल्यो ।

नाम पनि ‘कोभिड १९’ भनेर बल्ल हेक्का भयो । यहाँ ‘हामी’ भनेर निर्णय गर्ने तहका ब्यक्तिलाई भन्न अधिक बेस हुन्छ होला । म र मेरा साथीहरु त सामान्य डाक्टर त हौं । बिरामी हेर्न खटिएका निर्णायक हस्ताक्षर नचल्ने डाक्टर । फुर्सद भएसम्म फेसबुकका भित्तामा शब्दहरु लेख्न मात्र सक्ने । लुकेको डर ,असन्तुष्टि फेसबुकमा मात्रै पोख्न सक्ने ।

महामारीका बारेमा दुई चार शब्द जनहितमा जारी गर्ने सानो प्रयास गर्न सक्ने। तर सधैँजस्तो अगाडी उभिएर काम गर्नपर्ने। अझै नचेतेको सरकारी सयंत्रले छात्रवृत्तिमा पढेका भर्खर डाक्टर हुन पुगेकालाई कठालो समातेर विना सुरक्षा अगाडि खटाउने कार्य गर्न तत्पर छ। कलिलो मस्तिष्क देशप्रति सधैं नकारात्मक नै रहने भयो । लाग्छ हाम्रो देशमा छात्रवृत्तिमा पढ्नु भनेको पाप हो।

भाइरसले हाम्रो देशलाई उफ्रिएर युरोपका देशहरुमा पुगेपछि बल्ल हाम्रो आँखा आधा खुलेजस्तो देखिन्छ। कति त दंग पनि परे, ए, हाम्रो देश त सुरक्षित पो छ त। श्रेय लिनलाई कसैले कारण देखाउन नसकेर न हो । नभए त श्रेयको होडबाजी चल्थ्यो होला । गुणगानले संचार रङिन्थ्यो होला।

१४००० भन्दा बढीको ज्यान भाइरसले गर्दा गैसकेपछि मात्रै सुषुप्त र सुस्त अवस्थाबाट हाम्रो देश जागेको जस्तो देखिन्छ। तर के गर्नु रु बिडम्बना हो । ु उजेली पुजेली दिन गुमाइ अँधेरी रातमा बिस्कुन सुकाइु भन्ने उखान चरीतार्थ नै भएको मान्नुपर्छ ।

हुनसक्छ केही प्रयासहरु भैरहेका थिए होला । मैले यसरी भन्दा केही सज्जन ब्यक्ति जसले यो बिश्व महामारीको गम्भिरता बुझेर प्रयास गरेका छन् , उनीहरुलाई रिस पनि उठ्नसक्छ । तर म र मेरा साथीहरु त एउटा अग्रपंक्तिमा खडा हुने डाक्टर न हो । आफुले देखेसम्म त तयारी पुरै कमजोर छ ।

विश्व स्वास्थ्य संगठनले जोखिमयुक्त क्षेत्र घोषणा गरिसकेपछि मात्र पर्यटन वर्ष २०२० स्थगित गरेको देखेँ । नभए त बिदेशी पाहुना स्वागत गर्दैमा फुर्सद थिएन । कस्सो कोरोनाको स्वागत भएनछ। सामान्य रुघाखोकी मानेका थिए होला सबैले । २०१९ मा देखा परेको भाइरसले २०२० मार्चमा आएपछि मात्र हाम्रो देशलाई तताएको देखिन्छ । सानो देश भनेर तयारी गर्ने मौका दिएको पो थियो कि १

विकसित मुलुकहरुलाई सम्म नतमस्तक बनाएको भाइरसले हाम्रो जस्तो तयारी कत्ति पनि नपुगेको देशमा कस्तो हालत बनाउने हो भन्ने कुरा ूउबलमझष्अू भन्ने शब्दलाई राम्रोसँग बुझेकाले मात्र कल्पना गर्न सक्छन् । अरुलाई त यो सुगर प्रेसरको रोग जस्तै मानेको हुनुपर्छ। बढी कल्पना गर्ने क्षमता रहेछ भने जाजरकोटको हैजा जस्तै मानेको हुनुपर्छ । कल्पना गर्न कठिन भए एक पटक सन् १९१८ सालको स्प्यानिश फ्लूको इतिहास पढ्ने कि १

तयारी गरेका छौं भन्नेलाई मैले देखेको तयारी प्रष्ट भन्न मन लाग्छ । तीन महिना बितिसक्दा पनि ठोस योजना के छ त भनेर हामी कसैलाई केही पनि थाहा छैन । मास्क पनि पाइन छडिसकेको छ ।

स्यानिटाइजर र मास्कमै कुरा अड्केको देख्छु म । इमर्जेन्सिमा कार्यरत डाक्टरलगायत कर्मचारीलाई मास्क उपलब्ध गर्न पनि हम्मे हम्मे भएको छ। संकास्पद बिरामी आउँदा पनि आवस्यक पहिचान गर्ने ठोस योजना तथा सामग्री९एएभ्० केही उपलब्ध छैन । विना मास्क र स्यानिटाइजर काम गर्न बाध्य छन् । तर दिनभर एमर्जेन्सिमा बसेर बिरामी हेरेका डाक्टरलाई अर्को दिन बन्द कोठामा बोलाएर बिरामी नहेरेको आरोप लगाइन्छ । जहिले पनि भिलेन हामी साना डाक्टर नै ११ संक्रमित भए सबैलाई अवस्य सर्ने पीर बढी भएर सुरक्षा मागेको हो ।

ज्यानको माया त किराफट्याङ्रालाई हुन्छ् भने हामी त मन मस्तिष्क र विवेक भएका मान्छे हौं । आइ सि यु , भेन्टिलेटर आदि कता ब्यबस्था भएको छ । थाहा भएन । यस्तो अवस्था देखेर त मलाई सरकार तथा प्रशासनको तयारीमा खेद प्रकट गर्न मन लाग्छ । अग्रपंक्तिमा रहेर बिरामी हेर्नुपर्ने डाक्टर तथा नर्सलाई आवस्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसकेमा संक्रमित स्वास्थ्यकर्मीबाट नै महामारी फ़ैलिने कुरा नबुझेको हो कि भन्ने लाग्छ । अथवा बुझेर पनि युद्धमा होमिन पठाइएका अग्रपंक्तिका सिपाहीहरु सरह मानेको हुनुपर्छ । जसको कुनै लेखाजोखा गरिन्न। जसलाई प्रयोग गरिन्छ युद्ध जित्न । तर सुरक्षाका नाममा एउटा भाला मात्रै प्रदान गरिन्छ। यो महामारी हो ,कुनै सस्त्र अस्त्रको युद्ध हैन । आगाडि खटिने डाक्टर तथा अन्य कर्मचारिबाट यो भाइरस सबैमा फैलिने अबस्यम्भावी छ । डाक्टर भगवान हैन। केही सीप र ज्ञान भएको सामान्य मनुष्य मात्र हो ।

आजसम्म कहिल्यै स्वास्थ्यमा न्यूनतम १० प्रतिशत बजेट छुट्टिएन होला । सधै ४,५ प्रतिशतमै झुलिरह्यो । त्यो पनि धेरै त ट्रेनिङ गोष्ठिमै सकिन्थ्यो होला। वास्तबमा भन्नुपर्दा वास्तविक सेवा प्रदायक अस्पतालको अस्तित्व सरकारलाई भएको महसुस खासै भएन । अब त्यहाँ कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीको अस्तित्वबोधको त आश के गर्नु रु त्यसको लागि लडाइँ लड्ने प्रयास गरेको त जुग बितिसक्यो । यो हाम्रो मात्रै समस्या हैन। यो बिस्वब्यापि समस्या पनि हो । सबैलाई बन्दुक, गोली बारुद, बम आदि बनाउनमै ध्याउन्न छ । तर अहिले आँखाले नदेखिने सुक्ष्म जीवाणु कोभिडज्ञढ ले राम्रै पाठ सिकाइरहेको छ सम्पूर्ण विश्वलाई । ती युद्ध सामग्री सबै फिका भए नि त अहिले ११

सर्बसाधारणलाई त महामारी बाट बच्ने उपायको सूचना तिब्र गरिएकै छ । तर अझै पनि हल्का रुपले लिएको जस्तो देखिन्छ । नेपालमा त एउटै केस ूपोजिटिवू छैन भनेर ढुक्क भएको होला । तर इटलिमा पनि त पहिले एउटै केस थिएन । अहिले सबभन्दा भयावह स्थिति त्यहीँको सुन्नमा आएको छ । त्यसैले भिड्भाड नगरौं र सकेसम्म सामाजिक दुरि कायम गरौं भनेर मात्र हुँदैन। त्यसलाई पालना पनि गर्नुपर्छ र गराउनुपर्छ । सरकारले दैनिक कमाइबाट रोजिरोटी चल्ने बर्गको जिम्मा लिन सक्नुपर्छ । खाद्यान्न सामग्रीको प्रत्याभुती गर्नुपर्छ । कृत्रिम अभाव र कालोबजारी गर्ने पापी आत्माहरुलाई कसेर नियन्त्रण गर्न सक्नुपर्छ । नभए त कसरी सफल होला र सामाजिक दुरी १ तर भाइरस सर्न बाट रोक्ने एउटा उत्तम उपाय नै त्यही हो ।

कोरोना भाइरस कुनै खेलाची हैन । परिक्षण नगरी यसको वस्तुस्थिति थाहा हुँदैन । त्यसैले व्यापक परिक्षण , क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ नगरी कोरोनासँग लड्न सकिन्न । प्रयास नगर्नेलाई पशुपतिनाथले पनि बचाउन सक्दैनन् । आस्था र विस्वासले मात्र यो युद्ध जित्न सकिँदैन । सुबिधा भएका नागरिकले आफू जिम्मेवार भइ रोग सर्न र सार्नबाट बचौँ । सरकारलाई पुर्ण सहयोग गर्न सबैजना तयार छन् । कुरा यत्ति हो, सुरक्षाको प्रत्याभुतिको आशमा हरेक दिन तरवारको धारमा खटिएका स्वास्थ्यकर्मीको आवाज सबैका मस्तिष्कमा पुगोस् ।

धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय