फ्रान्सबाट आएकी एक नेपाली महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि
कतार ट्रान्जिट भएर फ्रान्सबाट फर्किएकी एक नेपाली महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनी चैत ४ गते फर्किएकी थिइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर यसको पुष्टि गरेको हो।
उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा राखिएकाे छ।
विमानस्थल ओर्लिनासाथ उनलाई क्वारेन्टाइनमा राखिएकाे थियाे। अहिले उनकाे उपचार शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भइरहेकाे छ।
उनीसँगै आएका अरु सबैलाई क्वारेन्टाइनमै राखिएकाे छ।