वीरगन्जका व्यापारी रुगंटामा कोरोना नेगेटिभ

हेल्थपोस्ट नेपाल

पटनामा उपचारत बीरगञ्जका ब्यापारी शिब रुगंटाको कोरोना नेगेटिभ देखिएको छ । परीक्षणका क्रममा उनीमा कोरोनाको संक्रमण नदेखिएको स्थानीय चिकित्सक डा. निरज सिंहले जानकारी दिए ।
डा. सिंहका अनुसार ब्यापारी रुगटाका आफन्त समेत रहेका चिकित्सक डा. मनोज रुगटाले शिबमा कोरोना नभेटिएको बताए ।
यसअघि रुगटाको पटनामा जाँच गर्दा कोरोना भेटिएको खबर बाहिर आएको थियो । एक जना प्रदेश सभा सासंदको फेसबुकमा यस्तो खबर राखेपछि भ्रम सृजना भएको थियो । पछि ती सासंदले समेत फेसबुक स्टाटस हटाएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *