पटनामा उपचारत वीरगन्जका एकजनामा कोरोना! थप बुझ्दैछौ : स्थानीय प्रशासन

हेल्थपोस्ट नेपाल

बीरगन्जबाट उपचारका लागि भारतको पटना पुगेका एक जनामा कोरोना संक्रमण भएको खबरपछि स्थानीय प्रशासनले यकीन प्रयास गरिरहेको जनाएको छ।

केही दिनअघि मात्रै दुबईबाट फर्किएका स्थानीय शिव रुगंटामा सुख्खाखोकी र ज्वरो देखिएपछि उपचारका लागि वीरगञ्जका विभिन्न अस्पताल चहारेको र पछि पटनामा परीक्षण पिएमसी अस्पतालमा परीक्षण गर्दा रोग देखिएको बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पटनामा रोग पुष्टि भएका संक्रमण देखिएको भनिएका रुगंटा नै नेपालका मान्छे हुन होइनन् भन्ने बुझ्न अस्पताल प्रशासनसँग सम्पर्क प्रयास भइरहेको बताए । रुगटाको नेपालमा पनि परीक्षण भएको र पछि शंका निवारण नभएपछि थप उपचारका र परीक्षणका लागि भारत गएका थिए ।

उनलाई पटनामै आइसोलेसनमा राखिएको जानकारी परिवारले संसद प्रदिप यादवलाई गराएका थिए । सोपश्चात प्रशासनले घर ठेगना पत्ता लगाएर नेपालस्थित परिवारलाई पनि जाँच तथा आइसोलेसनमा राख्ने तयारी थालेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *