कोरोना कहर : बुटवलमा पाँचैजनाको रिर्पोट नेगेटिभ, दाङबाट तीनकाे नमुना पठाइयाे

लुम्विनी प्रादेशिक अस्पताल बुटवलबाट परिक्षणका लागि पठाईएका सबै बिरामीहरुको रिर्पोट नेगेटिभ आएको छ।

कोरोनाको त्रास फैलिरहेका बेला रुघा खोकी र उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा उनीहरुको  र‌्याल परिक्षणको लागि काठमाडांै पठाइएको थियो ।

काठमाडौंको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाईएका स्याम्पल मध्ये ५ जनाको रिर्पोट नेगेटिभ आएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ। लुम्विनी प्रादेशिक अस्पतालका अनुसार ८ जनामध्ये ५ जनाको रिर्पोट आएको हो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाका अनुसार अस्पतालमा भर्ना भएको सवैको अवस्था सुधारउन्मुख छ। उनले ५ जनाको रिर्पोट नेगेटिभ आएको र उनीहरुमा कोरोनाको कुनै संक्रमण नभएको बताए । जाँचका लागि पठाएका मध्ये ३ जना बिरामीको रिर्पोटको आउने क्रममा रहेको डा. थापाको भनाई छ ।

त्यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना विरामीको स्याम्पल पनि काठमाडौं पठाइएको छ। आइतबार बुटवलबाट दाङ पुगेको चिकित्सकको टोलीले प्रतिष्ठानको आइसोलेसनमा उपचारत तीन जना विरामीको स्याम्पल लगेर गएको हो।

गढवा गाउँपालिका निवासी दुई जना र घोराही निवासी एकजना गरि तीन जना विरामीको स्याम्पल लगिएको छ । उनीहरुमाथि कोरोना भाइरसको आशंका गरिएको छ । प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले थप एकजना विरामीलाई भने शनिवार बेलुका ज्वरो कम भएपछि घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय