‘अत्यावश्यक’ बाहेक कञ्चनपुर जिल्लामा सबै सेवा बन्द

हेल्थपोस्ट नेपाल

कञ्चनपुर जिल्ला प्रशासनले अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सेवा अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको छ।
खुला सिमानाका कारण दिनहुँ हूलका हूल मानिस भित्रिने र भीडभाड बढ्न थालेको भन्दै प्रशासनले यस्तो आदेश दिएको हो।

‘कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न तथा सर्वसाधारणको भिडभाड कम गर्न नेपाल राजपत्रमा तोकिएका विद्युत खानेपानी सञ्चार तथा दैनिक उपभोग्य वस्तुहरु बाहेक अति आवश्यक सेवा बाहेक

सार्वजनिक सेवा प्रवाह अर्को सुचना जारी नभएसम्मका रोकिएको छ’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सुचनामा उल्लेख गरिएको छ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले भाइरस रोकथामका लागि भन्दै यस्तो निर्णय गरेको हो।

यसका साथै बैठकले मंगलबारबाट भारतसंगका नाका पनि बन्द गर्ने निर्णय गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *