तयार भयो बुटवलमा ‘कोरोना विशेष’ अस्पताल (फाेटाे फिचर)

बुटवल उप महानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवलमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन अस्पताल निर्माण गरेको छ।
अस्पताल आजैदेखि सञ्चालनमा आउनेछ। बिशेष अस्पतालको संचालन लुम्बिनी प्रादेशिक अस्पतालबाट हुनेछ ।

अस्पतालमा भेन्टिलेटरसहित दुई कोठामा व्यवस्थित ४० बेड र बाहिर सेनाले निर्माण गरेका टेन्टमा अलग्गै बेडहरु तयार भएका छन्। दुईदिन अघिदेखि कोरोना बिशेष अस्पताल निर्माण कार्य थालिएको थियो ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा लुम्बिनी प्रादेशिक अप्पताल र सुरक्षाकर्मीको टोली निर्माण स्थल बुटवल धागो कारखाना परिसरमा अस्पताल बनाउनका लागि खटिएको थियो । अस्पतालमा बिरामीका लागि बेडका साथै चिकित्सकिय टोली र सुरक्षाकर्मीको कक्ष पनि व्यवस्था गरिएको छ । ति सबै टोलीका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था छ ।

आजै बेलुकी आइसोलेसनका लागि वेटिङमा बसेका दुईजना बिरामीलाई भर्ना गरेर यो अस्पतालको शुभारम्भ गरिने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
कारोना बिशेष अस्पतालमा तीन वटा भेन्टिलेटरको व्यवस्था गरिने लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिक सुपरिटेन्डेन्ट राजेन्द्र खनालले जानकारी दिए । उनका लानुसार उक्त अस्पतालमा १५ जना टेक्निकल चिकित्सकीय टोली रहनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय