अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालका स्वास्थ्यकर्मीलाई पिपिई सहयोग

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपालका विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीका लागि (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) पिपिई उपलब्ध गराएको छ।

अस्ट्रेलियाली नेपाली मेडिकल एण्ड डेण्टल एसोशिएसन, असिमेड फाउन्डेसन र सोसाइटि अफ अमेरिकन नर्सको सहकार्यमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनले कोेरोना भाइरस संक्रमणको उपचारमा आवश्यक पर्ने पिपिई उपलब्ध गराएको हो।

फाउन्डेसनले कान्ति बाल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल अस्पताल तथा दाङको अस्पतालमा पनि ति सामग्रीहरु पठाएको छ।

फाउन्डेसनका अनुसार त्रिवि शिक्षण अस्पताललाई २५ सेट, कान्ति बाल अस्पताललाई २०, वीर अस्पताललाई २५,पाटन अस्पताललाई २५ र दाङमा २० पिपिइ सेट उपलब्ध गराएको फाउन्डेशनले जानकारी दिएको छ। फाउन्डेशनले पिपिइको प्रयोग सम्बन्धि सोमबारदेखि तालिम प्रदान गर्ने बताएको छ।

यसका साथै विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा नेपाललाई संक्रमणबाट बचाउन तथा महामारी रोकथामका लागि फाउन्डेशनले आर्थिक संकलन सुरु गरेका छ।

नेपालमा कोरोना भाइरस संक्रमण विरुद्ध लड्न अमेरिका नेपाल मेडिकल फाउन्डेसनले ३० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
त्यस्तै, अस्टे«सियाली नेपाली मेडिकल एण्ड डेण्टल एसोशिएसन,असिमेड फाउन्डेसनले १० हजार डलर र सोसाइटि अफ अमेरिकन नसर्सले ५ हजार अमेरिकि डलर सहयोग गर्ने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय