बाँकेको जमुनहा नाका एक हप्ताका लागि बन्द

बाँकेको नेपालगन्जस्थित नेपाल भारत जमुनहा सीमानाका एक हप्ताको लागि बन्द गरिएको छ। आइतबार नेपाल र भारतीय सुरक्षा निकायका प्रमुखहरूको छलफलबाट जमुनहा नाका एक हप्ताका लागि बन्द गर्ने सहमति भएको हो।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सीमानाका बन्द गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए।

आइतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, शसस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, बहराइचका एसपी बिपिन कुमार मिश्रासहितको टोलीबिच भएको दुई पक्षिय छलफलबाट उक्त नाका एक हप्ताका लागि बन्द गरिएको हो।

शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरूलाई भने आवागमनका लागि छुट गरिएको थियो। सीमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन सञ्चालन हुन पाउँने छैनन्। यद्यपी अत्यावश्यक सामग्री ढुवानी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ।

अत्यावश्यक बाहेक उद्योग व्यवसाय बन्द गर्न आग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणविरुद्धको अभियानमा जुट्न उद्योगी व्यवसायीलाई आह्वान गरेको छ। अत्यावश्यक बस्तु तथा सेवाको कामबाहेकका उद्योग व्यवसाय बन्द गर्दै कोरोना संक्रमणविरुद्धको अभियानमा लाग्न आह्वान गरेको हो।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा संयुक्तरुपमा जारी गरिएको विज्ञप्तीमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण जनमानसमा त्रास उत्पन्न भएको भन्दै उद्योग व्यवसाय बन्दको आह्वान गरिएको छ।

विज्ञप्तीमा चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी विश्वभर फैलिएको कोरोना संक्रमणबिरुद्धको अभियानमा पूर्ण समर्थन गर्दै सम्पूर्ण उद्योगी, व्यवसायीलाई व्यापार व्यवसाय बन्दका लागि अपील गरिएको छ। नेपाल कोरोना संक्रमणको अत्यन्त जोमिखपूर्ण राष्ट्रको सूचीमा राखेकाले उद्योगी व्यवसायीहरूलाई उच्च सतर्कता अपाउन संघले भनेको छ।

‘नेपालगन्जसँग सीमा जोडिएको भारतमा कोरोनाको संक्रमण बढ्दै गएकोले यहाँका उद्योगी व्यवसायी थप सचेत र सजग बन्नुपर्ने देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस अवस्थाप्रति संघसमेत गम्भीर भएर कोरोना संक्रमणविरुद्धको अभियानमा सक्रियतापूर्वक लागेको छ।’ साथै संघले बन्दको सूचना दिन माइकिङ्ग तथा कोरोना संक्रमणबिरुद्ध विभिन्न सूचनामूलक व्यानर, फ्लेक्स् बोर्डहरु लगाइरहेको जनाएको छ।

संघले विपतकालिन राहत कोष परिचालन समितिलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयन परिचालन समिति गठन गर्ने तयारी गरेको जनाएको छ। संघले निर्माण गरेको राहत कोषमा आर्थिक सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीहरूलाई अपील पनि गरेको छ। संघका अध्यक्ष मन्सुरीले कोरोना संक्रमण हुन नदिन सरकारी निकायका कार्ययोजनालाई सफल बनाउन आवश्यकता अनुसार थप अभियान बनाएर सञ्चालन गरिने बताए।

नागरिकको स्वास्थ्य जोगाउन निजी क्षेत्रबाट गर्न सकिने सबै साथ र सहयोग गरिने अध्यक्ष जनाउँदै मन्सुरीले दैनिक उपभोग्य सामाग्रीहरू सर्वसुलभरुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिन उद्योगी, व्यवसायीहरुलाई अपील गरेका छन्। अध्यक्ष मन्सुरीले उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकताभन्दा बढि खरिद र भण्डारण नगरिदिनु हुनसमेत आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय