हास्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित, कलाकार सेल्फ क्वारेन्टाइनमा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत ९ गते १४:२७

कोरोना भाइरसको जोखिमका कारण अन्याधिक रुचाइएको हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सक्किगोनिको उत्पादन र प्रशारण बन्द गरिएको निर्देशक कुमार कटेल जिग्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

‘बिश्वब्यापी कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको “लक डाउन” को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरू हाललाई स्थगित गर्ने र आफू “सेल्फ क्यारेन्टाइन” मा बस्ने निर्णय गरेका छौं’, उनले लेखेका छन्, ‘यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म “सक्किगोनी” केही समय स्थगित हुने कुराको जानकारी गराउँदछौ। यसबाट आदर्णिय दर्शकहरूमा पर्न जाने असुविधाप्रती क्षमाप्रार्थी छौं।’

उनले अगाडि लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पूर्ण आदरणिय दर्शकहरूलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौं। परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरू लिएर आउनेछौं। धन्यवाद।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय