ह्याण्ड स्यानिटाइजरको गुणस्तर प्रमाणित गर्न निर्देशन

औषधि व्यवस्था विभागले बजारमा उपलब्ध हुने ह्यान्ड स्यानीटाईजरको गुणस्तर एकीन नभएको भन्दै त्यसको विवरण उपलब्ध गराउन उत्पादकहरूलाई निर्देशन दिएको छ।
बजारमा न्यून गुणस्तरका स्यानिटाइजर बिक्री भइरहेको गुनासो आउन थालेपछि उत्पादकहरुलाई विभागले यस्तो निर्देशन दिएको हो।

सरकारको निर्णय अनुसार प्रविधिजन्य स्वास्थ्य साम्रागी तथा उपकरणको उत्पादन, निकासी, बिक्री वितरण दर्ता अनुमति र मापदण्ड सम्बन्धमा विभागले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्रै प्रदान गर्ने सरोकारवालाई निर्देशन दिएको छ ।

हाल बजारमा रहेको उत्पादनको हकमा सुचना प्रकाशित भएको मितिले ३ महिनाभित्र तोकिएको दर्ता प्रक्रिया पुरा अनिवार्य व्यवस्था लागू गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय