कोरोना भाइरस संक्रमण : रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट स्पेनिस क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सानजोको मृत्यु भएको छ। गत साता कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

सिन्जोेको ७६ वर्षका थिए। पूर्व अध्यक्ष सान्जाका छोरा लोरेन्जोले शनिबार ट्वीट मार्फत आफ्ना बुवाको कोरोना भाइरसबाट मृत्यु भएको जानकारी दिएका थिए।

‘मेरा बुवाको मृत्यु भयो, उनका लागि रियाल मड्रिड र परिवार सबैभन्दा महत्वपूर्ण थिया,े बुवा जति इमान्दार र मेहेनत गर्ने मान्छे अहिलेसम्म देखेको छैन। वास्तममा उनी यस्तो मृत्युको हकदार थिएनन्’ उनले लेखेका छन्।

सन् १९९५ देखि सन् २०२० सम्म रियालको अध्यक्ष रहेका लोरेन्जो सान्जोको कार्यकालमा रियाल मड्रिडले दुई च्याम्पियन्स लिग, एक ला लिगा र युरोपियन कप विनर्स जितेको थियो।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १३ सय २६ जानको मृत्यु भइसकेको छ भने २४ हजार ९ सय २६ जनामा भाइरसको संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय