दशगजामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती

नेपालगञ्ज । कोरोना भाइरसको चौतर्फी सन्त्रासपछि भारतबाट फर्किने र नेपालबाट भारत जाने यात्रुहरूले चोेर बाटो प्रयोग गर्न थालेपछि नेपालगञ्ज–रुपैडिहा नाकाको दशगजा क्षेत्रमा नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल र स्वास्थ्यकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरेकोछ।

नेपाल प्रहरीतर्फबाट जमुनाह प्रहरी इन्चार्ज सई माधव रिजालले नेतृत्वको टोली भारतर्फबाट लखिमपुरका एसएसबी डिआइजी अभिषेख पाठकले नेतृत्वको टोली सीमा क्षेत्रमा खटिएको छ।

टोलीमा शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा, भारत अगैयाका बटालियन कमाण्डर एसपी प्रबिण कुमार लगायको टोलीले स्थलगत अनुगमन खटिएको छ।

शनिबार विहान जमुनाह नाका भएर पूर्वक्षेत्रतर्फ दशगजामा स्वास्थ्यकर्मीसहितको सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती गरेको थियो। जमुनाह नाकामा भारतर्फ भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाली सुरक्षाकर्मीले एक देशबाट अर्को देशमा ओहोरदोहोर गर्नेलाई कडाईका साथ चेक जाँच थालेपछि चोर बाटो भएर सर्वसाधरणले ओहोरदोहोर थालेकाले दशगजामा संयुक्त गस्ती थालिएको हो।

जमुनाह नाकाबाट पूर्वीतर्फ खुला सीमानामा नेपालबाट ओहोरदोहोर गर्ने तीनवटा बाटो भएकाले ती बाटोबाट ओहोरदोहोर रोक्नका लागि दुवैदेशका सुरक्षाकर्मीले शनिबारदेखी कडाई गरेकाछन्।

खुला तीनवटा चोरबाटोबाट लुकेर सर्वसाधरण नेपाल–भारत ओहोरदोहोर गर्न थालेपछि कसैमा कोरोना संक्रमण भए पहिचान होस् भनेर दुवैदेशका सुरक्षाकर्मीले निगरानी बढाएको जमुनाह प्रहरी इन्चार्ज सई माधव रिजालले बताए।

जमुनाह नाकामा चेकजाँचमा कडाई गरेपछि ती तीनवटा बाटोबाट लुकीछिपी ओहोरदोहोर गर्नेको लर्को रहेकोछ। विषेशगरी विहान भारतबाट साइकल र मोटरसाइकलमा नेपालगन्जमा मजदूरी गर्न आउने र बेलुका नेपालगन्जदेखि फर्कनेहरू बढिरहेकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय