इटालीमा एकैदिन ७ सय ५३को मृत्यु

इटालीमा कोरोना भाइरस संक्रमण झन् झन् तीब्र हुन थालेको छ।

इटालीमा शनिबार मात्रै संक्रमणका कारण इटालीमा ७ सय ९३ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसबाट संक्रमण हुने र ज्यान गुमाउनेहरुको संख्या दिनदिनै बढिरहेको छ।

इटालीका कोरोना भाइरसका कारण एकै दिन भएको यो सबैभन्दा धेरै मृत्यु हो।

पुरै इटाली अहिले क्वारेन्टाइनमा छ। इटालीमा शनिबार थप ७ सय ९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गमस्थल चीनको भन्दा १ हजार ५ सय ६४ ले बढी हो।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या मात्रै नभई संक्रमितको संख्या पनि बढेको छ।

इटालीमा हालसम्म५३ हजार ५ सय ७८ जनामा भाइरसको संक्रमण देखिएको छ। भाइरसबाट संक्रमित मध्ये २ हजार ८ सय ५७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ। बितेको २४ घण्टामा इटालीमा थप ६ हजार ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय