‘कोरोना अस्पताल’ का नर्स, ‘कहिले त अत्यास लाग्छ, अनि रुन थाल्छौं’

इटालीको एउटा सानो सहर हो क्रेमोना। यहाँ एउटामात्रै अस्पताल छ। कोरोना भाइरसको संक्रमणले थलिएको यो सहरको त्यही अस्पतालमा काम गर्छन् नर्स पाओली मरन्डा।

‘सबैले हामीलाई ‘हिरो’ भनिरहेका छन् तर, मलाई त्यस्तो लाग्दैन्’ पाओली भन्छन् ‘अब हामी थाकिसकेका छौं, लाग्छ हामी एउटा डरको सुरुङभित्र छौं।’

उनीसँगै उनका सहकर्मी पनि यो अस्पतालमा १२ घण्टाभन्दा बढी काममा खटिइरहेका छन्।

यो सहरमा मात्रै २ हजार १ सय ६७ जना मानिस संक्रमित भएका छन् र ९९ जनाको मृत्यु भइसकेको छ।

सहरको यो एकमात्र अस्पतालमा अहिले कोरोना संक्रमितमात्रै छन्। अरु बिरामी छैनन्।

‘जे भइरहेको छ म यसलाई कहिल्यैं बिर्सन चाहन्नँ। यो समय इतिहास बन्न गइरहेको छ, मेरा लागि शब्दभन्दा तस्बिर धेरै शक्तिशाली छन्’ नर्स मारांडाले भनेका छन्।

उनी तस्बिरहरुको संग्रह गर्न रुचाउँछन्।

‘म यो बिषम परिस्थितिका सबै तस्बिरहरु सञ्चय गरेर राख्नेछु’ उनी भन्छन्।
यो परिस्थितिका हरेक तस्बिरबाट उनी आफ्ना साथीहरुलाई आफ्नो ‘बहादुरी’ र ‘कमजोरी’ देखाउन चाहन्छन्।

‘एक दिन मेरो एकजना सहकर्मी कराउँदै क्वारेन्टाइनतिर दौडिन थालिन् उनलाई कोरोना भाइरसको परीक्षण गरिएको थियो र, त्यो पोजेटिभ देखिएको थिएन तर, पनि निकै डराएकी थिइन्। आखिर उनी पनि एक मानिस हुन्।’

पाओलो र उनको टिमको लागि यो निकै कठिन घडी हो।

र, पनि उनीहरु एकअर्कालाई सम्हाल्दै आफ्नो काम गरिरहेका छन्।

‘कति बेला त, निकै अत्यास लाग्छ, अनि रुन थाल्छौं। जब बिरामीलाई सन्चो हुँदैन भन्ने थाहा हुन्छ, अनि हामीलाई पनि सहिनसक्नु हुन्छ, हामी आफूलाई पनि निकै कमजोर महसुस गर्छाैं’ पाओले भनेका छन्।

‘हामी आपसमा हाँसो मजाक पनि गर्छाैं र, फेरि काममा खटिन्छौं’ अर्का उनी भन्छन् ‘नत्र त हामी नै दिमागी सन्तुलन गुमाउछौं कि जस्तो लाग्छ।’

कोरोना भाइरसको केन्द्रबिन्दु चीनलाई उछिनेर इटाली महामारीको केन्द्र बनिसकेको छ।

अहिले पूरै इटाली नै क्वारेन्टाइन बनेको छ। पूरै देश लकडाउन गरिएको छ।

इटालीका कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४ हजार ३२ जानको ज्यान गइसकेको छ भने ४७ हजार २१ जना संक्रमणको अवस्थाबाट गुज्रिरहेका छन्।

पाओलो नौ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छन्। आफ्नै आखाँले उनले हज्जारौं मानिसले प्राण त्यागेको देखेका छन्।

तर, अहिलेसम्म आफ्नो जीवनमा उनले यस्तो मृत्यु देखेका थिएनन्।

‘यो भाइरसबाट संक्रमित भएर मर्नेको साथमा न आफन्त छन् न त, उसले नै परिवारका सदस्यको मुख हेर्न पाउँछ, यो नै कोरोना भाइरस संक्रमितको सबैभन्दा दुःखपूर्ण मृत्यु हो।’

भाइरसको संक्रमण फैलिनसक्ने डरले संक्रमितका घरपरिवारलाई अस्पताल आउन समेत बन्देज लगाइएको छ।

‘हामी ति संक्रमितको उपचार गरिरहेका छांै जो पूरै एक्लै छन् न साथमा आफन्त छन् न त कुरुवा नै’ पाओलो भगवानसँग प्रार्थना गरिहेछन् कि, यस्तो अवस्था कसैले भोग्नु नपरोस्।

क्रेमोनाको यो अस्पताल कोरोना अस्पतालका रुपमा परिणत भएको छ। अरु सबै प्रकारका बिरामीलाई विस्थापन गरेर यहाँ कोरोना संक्रमितलाई मात्रै भर्ना गरिएको छ।

तर, दिनदिनै संक्रमितहरु बढिरहेका छन् र यो अस्पतालमा बेडहरुको कमी भइरहेको छ।

अस्पतालमा जहाँ अटाउने जति ठाउँ बाँकी छ, त्यहीँ बेड राखेर बिरामी सुताएका छन्। खालि ठाउँ लगभग सकिइसकेको छ।

अस्पतालको गेटमै ६० वटा बेडहरु लगाइएका छन्।

‘यस्तो अवस्थामा पनि पूरै देश र आम नागरिकले देखाएको प्रेम अनि सद्भाव र स्नेहले हामीलाई अघि बढ्ने प्रेरणा र हौसला दिएको छ’ उनी भन्छन्।

कतिले उनीहरुलाई ‘हिरो’ भनिरहेका छन् भने कतिपयल उपहार पठाइरहेका छन्।

‘जब हामी बिहान काममा आउँछौं, हरेक दिन नयाँजस्तो लाग्छ’ उनी भन्छन्।

तर, जब उनी सुत्नका लागि जान्छन् अनि धेरै छटपटि हुन्छ। ‘निद्रा पनि लाग्दैन। छटपटिमात्रै हुन्छ। सहकर्मीको याद आउँछ, उनीहरुलाई पनि त्यस्तै भएको हुनुपर्छ’ उनी भन्छन्।

कहिले त दिनदिनैजसो थकाई बढ्दै गएको महसुस हुन्छ उनलाई। तर, पनि यो महामारीको चाँडै अन्त्य हुन्छ कि भन्ने आशा पनि पलाउँछ।

‘यो अँध्यारो सुरुङभित्र उज्यालो देख्न सकिरहेको छैन। थाहा छैन अगाडि के हुन्छ तर, यो महामारी चाँडै सकिनेछ भन्ने आशा छ।’

बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय