विश्व स्वास्थ्य संगठनले भन्यो ‘कोरोना भाइरससँग युवाहरू पनि जोखिममुक्त छैनन्’

कोरोना भाइरबाट वृद्ध तथा रोगी मानिसमात्रै बढी संक्रमित हुने सन्देशहरूको खण्डन गर्दै विश्व स्वाथ्य संगठन(डब्ल्युएचओ)ले युवा जमात पनि जोखिममुक्त नरहेको स्पस्ट पारेको छ।

युवाको व्यवहार अन्य व्यक्तिका लागि जीवन र मरण बिचको फरक हुनसक्ने भन्दै संगठनका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसस ‘एक अर्कासँग तपाईंहरु पनि दूरी बढाउनुस्। हरेक युवाको व्यवहार अर्काे कुनै जीवनको निर्णायक पनि हुनसक्छ।’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण युवाहरमा कम देखिने भन्दै युवाहरुले स्वास्थ्य सुधार तथा रोकथामका उपायहरु नअपनाएको विवरणका बाहिर आएपछि डब्ल्युएचओले यस्तो बताएको हो।

‘पक्कै पनि यसले रोगसँग लड्ने क्षमत कम भएका बृद्धहरुलाई चाँडै समाउँछ तर, यसको मतलव युवाहरुलाई छुनैसक्दैन भनेको होइन’ डाक्टर टेड्रोसले भनेका छन् ‘म हरेक युवालाई भन्न चाहन्छु कि, तपाईंहरु अजेय हुनुहुन्न। यो भाइरसले तपाईं(युवा)लाई अस्पतालमा राख्नसक्छ, सायद तपाईंलाई मार्न पनि।’

कोरोना भाइरसका कारण संसारभर ११ हजार भन्दा बढीको ज्यान गइसकेको छ भो २ लाख ५० हजारबढी संक्रमित भएका छन्।

चीनलाई केन्द्रविन्दु बनाएर महामारकिो रुप लिएको कोरोना भाइरसले अहिले युरोपलाई केन्द्रविन्दु बनाएको छ।

बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय