सातामै ५ लाख मास्क उत्पादन गर्दै व्यवसायी मल्होत्रा

बजारमा मास्कको अभाव टार्न व्यवसायी दीपक मल्होत्राले मास्क उत्पादन गर्ने भएका छन्। मल्होत्रा र नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा सातामै ५ लाखजति मास्क उत्पादन हुनेछ।
यो मास्कलाई उपभोक्तालाई माझ करिब सात रुपैयाँमै विक्रि गर्ने बताएका छन्। मास्कको उत्पादन आगामी सोमबारदेखि हुनेछ।

‘हामीले यो उत्पादित मास्कलाई ३ किसिमबाट बिक्री गर्छाैं। च्याम्मर मार्फत विभिन्न निकायबाट, औषधि व्यवसायी संघमार्फत हुन्छ’ उनले भने केही मास्क भने २ रुपैयाँ घाटा खाएरै भए पनि ५ रुपैयाँमा बिक्रि गर्ने योजना बनाएका छौं।’

चेम्बरले बनाएको विपद् व्यवस्थापन समितिको संयोजक मलहोत्राले चेम्बरको सहकार्यमा संक्रमणको संकटभर मास्क उत्पादन गर्ने भएका हुन्।

मास्क उत्पादनका लागि सबै मेसिन तथा कच्चा पदार्थहरु उनले ल्याइसकेका छन्। ‘सबै तयारी पूरा भइसकेको छ। अब सोमबारबाट हामीले उत्पादन गरेको मास्क बजारमा जान्छ’ मल्होत्राले हेल्थपोस्ट नेपालसँग भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय