चितवनमा ७२ घन्टामा तयार पारिएको अस्पतालबाट सेवा प्रारम्भ

चितवनमा कोरोना विशेष (अस्थायी) अस्पतालको स्थापना गरिएको छ। विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन भरतपुर महानगरपालिकाले भरतपुरको प्रदर्शनी केन्द्रमा कोरोना विशेष अस्पतालको स्थापना गरेको हो।

७२ घण्टामा तयार गरिएको ५० शैया सहितको जनरल वार्डको आज एक कार्यक्रमकाबीच वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई मास्क, चिकित्सकका लागि उपकरणलगायतका सामग्री हस्तान्तरण गरेर सेवा प्रारम्भको सुरुवात गरे।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दुलालले कोरोना नियन्त्रणका लागि मानसिक हिसावले मात्र नभई भौतिक हिसावले पनि तयार रहेको बताए। उनले वाग्मती सरकारले कोरोना नियन्त्रणका लागि १३ जिल्लामा ३ सय आईसियूसहित १ हजार बेडको अस्पताल तयार गरेको बताए। उनले नेपालमा भाइरस छिर्न नदिनका लागि सीमा र हवाई क्षेत्रमा कडाई गरिएको बताए।

अस्पतालमा ५० वटा जनरल वार्ड तयार भैसेको छन्। बाँकी आइसियू र १० वटा एचडियूको बेड जडानको काम भइरहेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन्।

अस्पताल सञ्चालनसँगै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी समेत गर्ने मेयर दाहालले बताइन्। उनले चितवन कोरोनो भाइरसको संक्रमणबाट उच्च जोखिममा रहेकाले आवश्यकता अनुसार सेवा विस्तार समेत गर्ने प्रतिवद्धता जनाइन्। उनले कोरोना नियन्त्रणका लागि विकास खर्च कटौति गरेर भएपनि अगाडी बढ्ने बताइन्।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोलीसमेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।

अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ। अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने डाक्टर भोजराज अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय