कोरोना कहर : नेपाल एयरलाइन्सको भारत उडान बन्द
नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरू आइतबारदेखि स्थगित गर्ने भएको छ।
त्यो मितिदेखि टिकट खरिद गरेका यात्रुहरुलाई सबै रकम फिर्ता गरिने पनि निगमले जनाएको छ।
‘डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडानहरु हाल चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको छ’ निगमले भनेको छ।