कोरोना आशंका गरिएका बिरामीको उपचार गर्ने चिकित्सकलाई छुट्टै आवासको व्यवस्था गर्न निर्देशन

कोरोना भाइरसको शंका लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई छुट्टै आवासको व्यवस्था मिलाउन सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आशंका गरिएका बिरामीको उपचारपछि घर फकिँदा बालबालिका, ज्येष्ठ नागरीकमा जोखिम बढ्ने भन्दै यस्तो निणर्य गरेको हो।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘कोभिड–१९ का शंकास्पद बिरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मी घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेटीहरूमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरूले चाहेमा सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउनु पर्ने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय