बिदाको दिन पनि स्वास्थ्य संस्थामा उपस्थित हुन स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई बिदाका दिनसमेत कार्यलयमा उपस्थित हुन तथा उपत्यका नछोड्न निर्देशन दिएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमण नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेको छ। सरकारले कोरोनाको रोकथाम कार्यमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको उक्त निर्देशन दिएको हो।

काठमाडौं उपत्यका भित्र मन्त्रालय अन्तर्गतका सह–सचिव स्तरका कर्मचारी र विभागीय प्रमुखलाई सार्वजानिक दिनमा उपस्थित भई काम काज गर्न मन्त्रालयले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय