स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन चिकित्सक संघको निर्देशन

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसँग जुध्नका लागि नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

नेपाल चिकित्सक संघ, नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको संयुक्त आयोजनामा ‘इन्फेक्सन प्रिपेसन’को सम्बन्धमा चिकित्सक तथा नर्सलाई १ दिने प्रशिक्षण दिने भएको छ।

संघले शुत्रबार विज्ञप्ती निकाल्दै प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो। एक पटकमा २० देखि २५ जनासम्मलाई प्रशिक्षण दिइने छ। सहभागि हुन इन्छुक नर्स तथा चिकित्सकलाई १० चैतसम्म संघमा नाम टिपाउन आग्रह गरिएको छ।

उक्त प्रशिक्षण कार्यक्रमको मिति र स्थान भने पछि जानकारी गराउने संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय