दुई साताका लागि देशभरका अदालत बन्द
कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुइ साता देशभरका अदालत बन्द गरिएका छन्।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायधिस चोलेन्द्र शमशेर जबराको पूर्ण इजलासमा बसेको बैठकले अगामि चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो।
अदालतका सबै नियमित काम बन्द भएपनि बन्दि प्रत्यक्षीकरणका रिटहरूमाथि भने काम गरिने छ।