‘५० बेडभन्दा माथिका अस्पतालले आवश्यक नपर्ने स्वास्थ्य परीक्षण र शल्यक्रिया रोक्नू’

सरकारले काठमाडौं उपत्यकामा रहेका ५० शैय्याभन्दा माथिका सरकारी तथा निजी अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरू चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ।

स्वास्थ्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र यसको व्यवस्थापनको तयारीका लागि केहि निर्णय समेत गरेको छ।

मन्त्री ढकालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।

विश्वभर अहिलेसम्म २ लाख ४५ हजार ६६० जनालाई कोरोना संक्रमण भएको छ भने ८८ हजार ४४५ संक्रमित उपचारपछि पूर्ण रुपमा निको भइसकेका छन्।

विश्वका १७६ देशमा फैलिएको यो भाइरसबाट संक्रमितमध्ये ७ हजार ३ सय ७८ जनाको अवस्था निकै गम्भीर रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय