कोरोना संक्रमण जोगाउन राप्ती प्रतिष्ठानका चिकित्सक घरघरमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्वरो आएका, श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई घरमै गएर उपचार गर्ने तयारीमा रहेको बताएको छ।

पछिल्लो समयमा अस्पतालमा सामान्य रुघखोकी तथा ज्वरो समस्या लिएर अस्पतालमा भिडभाड हुन थालेपछि घरमै गएर सेवा दिने तयारीमा रहेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन्।

जसका लागि ६ जना चिकित्सकलाई मोवाइल टिममा खटाउने तयारी अस्पतालको छ। डा. भण्डारीका अनुसार थर्मल थर्मोमिटर तथा स्वास्थ्यकर्मि मास्कको समेत अभाव रहेको छ। कोरोना नियन्त्रणको लागि सबैको साथ सहयोग आवश्यक भएको भन्दै अस्पतालमा आउने बिरामी कुरुवाले अनावश्यक भीडभाड नगर्ने अस्पतालले निर्देशन समेत दिएको छ।

‘कोरोना नियन्त्रणको लागि प्रतिष्ठनमा केहि आइसोलेसन बेड व्यवस्थापन गरेका छौं,’ डा .भण्डारीले भनिन्,‘थप वेडको आवश्यकता परे वेलझुण्डि संस्कृत विश्वविद्यालयको भवनमा अन्तिम तयारी भएको छ।’

सरकारले कोरोना परिचाहन र नियन्त्रणको लागि चाहिने उपकरण तथा समाग्री केहि उपलब्ध नराएको डा. भण्डारीले बताइन्। ‘सरकारले सेन्सर थर्मामिटर समेत उपलब्ध गराएको छैन, मास्क पाउन मुस्किल छ,’ डा. भण्डारीले भनिन्, ‘जसोतसो व्यवस्थापन गरी चलाएका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय