राजधानी छाड्नेको लर्को, टिकट पाउनै सकस

यतिवेला गोङ्गबुस्थित नयाँ बसपार्कमा राजधानीबाट बाहिरिनेहरूको भिड छ। बसपार्क पुग्दा टिकट काट्न लामवद्ध भएका सर्वसाधारणहरूको लाइन देख्न सकिन्छ।

तर, बिहानैबाट लाइन बसेपनि उनीहरूले सहज रुपमा टिकेट पाउन सकेका छैनन्। यस्तो भिड र सकस यात्रुलाई यसअघि दसैंमा मात्र हुने गरेको यात्रुहरूको गुनासो छ।

सर्वसाधारणमा कोरोना भाइरस (कोभिड–१९) को त्रास बढेपछि जधानी छोड्न थालेका हुन्। कोरोना भाइको सन्त्रास बढेपछि बसपार्कमा मात्रै नभएर कलंकी लगाएतका स्थानमा समेत यात्रुहरू बस पर्खिरहेका भेटिन्छन्।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार बिहिबार १ लाख ८ हजार ४ सय ५८ जनाले राजधानी छाडेका छन् भने बिहिबार ८३ हजार १ सय ३१ जना राजधानी भित्रिएका छन्।
त्यस्तै बिहिबार १८ हजार ५ सय ५४ सवारी साधन बाहिरिएका र १५ हजार १ सय ४० सवारी साधन भित्रिएका थिए।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालमा यसको रोकथामका लागि भन्दै नेपाल सरकारले चेत ५ गतेभित्र सबै परीक्षा सकेर विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

भाइरसको संक्रमण फैलिन सक्ने भन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) को मिति सारिएको छ। संक्रमण रोकथामका लागि सार्वजनिक स्थलहरू, सिनेमा हल, स्कुल बन्द गर्नुका साथै अति आवश्यक काम बाहेक बाहिर नआउन, सरसफाईमा ध्यान दिई नियमित साबुन पानीले हात धुन र २५ जना भन्दा बढि एकै ठाएमा भेला हुन नपाउने निर्णय सरकारले यसअघि गरिसकेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले राजधानी बाहिरिने यात्रुको संख्या ठूलो भए पनि कुनै सेवा सुविधा दिन नसकिएको बताएका छन्।

‘यस्तो आपत्कालिन समयमा समेत मेडिकल क्षेत्र पुरै कालोबजारी गरिरहेको छ, लाखौं यात्रु बाहिरिरहेका छन्। तर, सामान्य हेल्थ डेस्क समेत राख्न सकेको छैन’, महासचिव सिटौलाले भने,‘चालक तथा सहचालकलाई समेत मास्कको व्यवस्था छैन्। सरकारले बजार अनुगमन गरी भाइरसको रोकथाममा लाग्नुपर्छ। यस्त‍ै कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ।’

आफूहरूले ज्वरो नाप्ने यन्त्रसमेत नपाएको गुनासो गर्दै उनले उपत्यका छाड्ने सर्वसाधारणको सामान्य चेकजाच समेत गर्न नसकेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय