अत्यावश्यक सेवाका लागि मात्र अस्पताल आउन गंगालालको आग्रह
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले अत्याश्यक अवस्थामा बाहेक अस्पताल क्षेत्रमा नआउन आग्रह गरेको छ।
शुक्रबार अस्पतालले एक सुचना जारी गर्दै कोराना भाइरस विश्वमा महामारी रुपलमा फैलिएको अवस्थमा अस्पताल क्षेत्र जोखिमपूर्ण हुने भएले अत्याश्यक सेवा लिन मात्र अस्पताल आउन आग्रह गरेको हो।
सुचनामा भनिएको छ, ‘अस्पतालकमा लामो समयदेखि फलोअपमा रहेका बिरामीलाई आफूले सेवन गरेको औषधिलाई निन्तरता दिन र आकस्मिक अवस्थका बाहेक अन्यलाई अस्पतालमा नआइदिनु होला।’ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० हजार पुगेकोछ।
विश्वभर अहिलेसम्म २ लाख ४५ हजार ६६० जनालाई कोरोना संक्रमण भएको छ भने ८८ हजार ४४५ संक्रमित उपचारपछि पूर्ण रुपमा निको भइसकेका छन्।
विश्वका १७६ देशमा फैलिएको यो भाइरसबाट संक्रमितमध्ये ७ हजार ३ सय ७८ जनाको अवस्था निकै गम्भीर रहेको छ।