त्रिवि शिक्षण अस्पताल भन्यो- अतिआवश्यक सेवाका लागि मात्र अस्पताल आउनू
विश्वभर फैलिएको कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पतालले अतिआवश्यक सेवा लिन परेमात्र अस्पताल आउनको लागि अनुरोध गरेको छ।
सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी अस्पतालमा आउने बिरामीको संख्या तथा अस्पतालमा आउँदा हुने जाखिम न्युनिकरण गर्ने उदेश्यले यस्तो निर्णय गरेको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले जानकारी दिए।
‘कोरोना जोखिमको न्युनिकरणका लागि अस्पतालमा हुने आकस्मिक तथा अत्यावश्यक सेवा भने सुचारु हुने छन्’, डा. खड्गाले भने, ‘जनरल हेल्थ चेक अप र इएचएस सेवा हालका लागि स्थगित गरिएको छ।’
डा. खड्गाका अनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका बिरामीका लागि लक्षित गरेर छुट्टै ज्वरोको ओपिडी सेवा शुक्रबारदेखि अस्पतालले सञ्चालनमा ल्याएको छ।
त्यसैगी, अस्पतालमा भर्ना भएका तथा उपचारार्थ आउने बिरामीहरूको कुरुवा तथा आफन्तलाई हुन सक्ने सम्भावित जोखिम न्युनिकरढा गर्न १ जना बिरामी लागि १ जना करुवा बस्न अस्पतालले निर्देशन दिएको छ।
केहि सञ्चारमाध्यमले अस्पतालको ओपीडी सेवा बन्द गरेको समाचार सम्प्रेण सहि नभएको र नियमित रुपमा सेवा सञ्चालन भइरहेको डा. खड्गाले बताए।